Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘ओलीसँगको हाम्राे ४८ वर्षको पुरानाे माया कहाँ एक रातमा छुट्टिन्छ ?’ – माधव नेपाल

0 456

०७ चैत, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टिने पक्षमा आफू नरहेको बताएका छन् । युवा संघको भेलालाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले यस्तो बताएका हुन् ।

नेता नेपालले अध्यक्ष ओलीसँग नछुट्टिने तर त्यसका लागि सबैले विधानका आधारमा चल्नुपर्नेमा जोड दिए । उनले ओलीसँगको मायाप्रिती ४८/४९ वर्षको भएको भन्दै एक रातमा नछुट्टिने बताएका हुन् ।

‘मैले भनेको छु, विधानका आधारमा अगाडि बढौँ । प्रत्येक व्यक्ति कमिटी र संगठनको मातहतमा हुन्छ । केपी कमरेडले त्यो स्वीकार गरे हामी सँगै जाने पक्षमा छौँ । हामी केपी ओलीसँग छुट्टिने पक्षमा छैनौँ’, नेता नेपालले भने, ‘त्यत्रो लामो समयको माया–प्रीति कहाँ एक रातमा छुट्टिन्छ ? केपी ओलीसँगको मेरो माया प्रिति ४८/४९ वर्षको भयो थाहा छ ?’

Subscribe to our newsletter

नेपालले नेकपाको एकता खारेज गराउने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाए । फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको नामको मुद्दामाथि गरेको फैसलाले नेकपा खारेज भएको थियो । तर उक्त फैसलालाई नेता नेपालले जन्मिसकेको बच्चालाई गर्भमै लैजान भने जस्तै अव्यवहारिक निर्णय भएको टिप्पणी गरे ।

शनिबार नेपाल पक्षीय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । तर सर्वोच्चको फैसला गलत भए पनि पालना गर्नुपर्ने बाध्यता भएको नेपालको भनाइ थियो ।

‘अब हामीले असहमति भए पनि सर्वोच्चको फैसला लागू गर्दिनँ भन्न मिलेन। बाध्य भएर त्यसलाई लागू गर्नुपर्ने भयो । जन्मेको बच्चा मान्दैनौँ, फेरि गर्भमा लिएर जाऊ भनेजस्तै फैसला हो यो’नेता नेपालले भनेका छन् ।

अदालतले पार्टीको नाम जुधेकोमा फेरि अर्को नाम राख्न सुझाव दिनुपर्नेमा एकता नै रद्द गरी विचित्रको फैसला गरेको नेपालको भनाइ छ। गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलासँगै पुरानै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.