धनगढीमा फोहोर संकलन प्रतियोगिता, प्रथम हुने बोहोराले जिते २१ सय

0 464

०७ चैत, धनगढी विवेकशील साझा पार्टी कैलालीको धनगढी सरसफाई अभियान १०औं हप्तामा पुगेको छ। हालसम्म धनगढीका विभिन्न स्थानमा सरसफाई गरेको पार्टीले १०औं हप्तामा फोहोर संकलन प्रतियोगिताको आयोजना गरेको छ। जसमा १५ जना सहभागी भएका थिए।

धनगढी उपमहानगरपालिका–१ कब्रिस्थान आसपासमा भएको सरसफाई प्रतियोगितामा बिरेन्द्र बोहोरा प्रथम भएका छन्। सबैभन्दा उत्कृष्ट सहाभागिता देखाएका कारण उनलाई प्राप्त भोटका आधारमा बोहोरालाई विजेता घोषणा गरेको विवेकशील कैलालीका अभियान विभाग संयोजक सुरेन्द्र शाहले बताए।

विजयी बोहोरालाई २ हजार १ सय पुरस्कार प्रदान गरिएको संयोजक शाहले बताए। रोचक खेलसहित सरसफाइ गरिएपछि उक्त स्थान सफा बनेको समेत शाहले जानकारी दिए।

हरेक शनिबार अभियानमार्फत धनगढी सफा गर्ने उदेश्यका साथ लागिपरेको विवेकशील साझा पार्टी कैलालीले जनाएको छ। पार्टीले सबैलाई धनगढी सरसफाई अभियानमा जोडिन समेत आग्रह गरेको छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.