Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एमाले केन्द्रीय समिति बैठक सुरु, वामदेव पनि अनुपस्थित, संसदीय बोर्डमा नबस्ने खनाल र नेपालको घोषणा

0 440

०७ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा बस्न अस्वीकार गरेका छन् । संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाल पनि थिए ।

शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताए ।

‘म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ठाउँ दिनु भएछ’ उनले भने, ‘हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामीलाई बस्दैनौं ।’

Subscribe to our newsletter

बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै उनले छलफल गरेर अगाडि बढे आफूहरु तयार रहेको बताए ।

ओलीले एक पक्षीय रुपमा बैठक बोलाएर विधान विपरितको निर्णय गरेको भन्दै नेपाल समूहले विरोध गर्दै आएको छ भने आजको केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्ने शुक्रबार नै निर्णय गरेको थियो ।

ओलीले भने केन्द्रीय समिति बैठकमा सहभागी हुन सार्वजनिक रुपमै खनाल–नेपाल समूहलाई आग्रह गर्दै आएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.