Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

चक्रपथ क्षेत्र भित्र ७ रोपनी जग्गा खरिद गर्दै मेगा बैंक

0 399

०६ चैत, काठमाडौं । मेगा बैंक Mega Bank Nepal Limited ले चक्रपथ क्षेत्र भित्र ७ रोपनी जग्गा खरिद गर्ने भएको छ । बैंकले केन्द्रीय कार्यालयको लागि कम्तिमा साढे २ देखि ७ रोपनी क्षेत्रफलसम्मको जग्गा खरिद गर्न लागेको हो ।

बैंकले केन्द्रीय कार्यालयको भवन निर्माण गर्न जग्गा खोजेको र यदि कुनै जग्गा भवन सहितको छ भने उपयुक्त रहेमा भवन सहिको जग्गा खरिद गर्ने जनाएको छ । बैंकले काठमाडौँको चक्रपथ क्षेत्र भित्रको मूल सडक सँग जोडिएको प्रमुख व्यापारिक केन्द्रहरुको जग्गा खरिद गरिने उल्लेख गरेको छ ।

बैंकले पुतलीसडक, जमलदेखि महाराजगन्ज क्षेत्र, दरबारमार्ग, कमलादी, नक्साल, कमलपोखरी , ज्ञानेश्वर, विशालनगर, बत्तीसपुतली, माइतीघरदेखि नयाँ बानेश्वर खण्ड, बागबजार, त्रिपुरेश्वर र थापाथली क्षेत्रको जग्गालाई प्राथमिकता दिने उल्लेख गरेको छ ।

Subscribe to our newsletter

बैंकले जग्गा बिक्रि गर्न इच्छुक व्यक्ति वा संघ संस्थालाई १५ दिन भित्र जग्गा वा भवन कतिमा बिक्रि गर्न चाहेको हो, सो सहित शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले जग्गामा कुनै पनि प्रकारको विवाद नभएको र सडक विस्तार आयोजनामा नपरेको हुनु पर्ने जनाएको छ । सडक विस्तार आयोजनामा परेको भए सडक विस्तारको क्षेत्रफलको भाग कट्टा गरि बाँकि रहेको क्षेत्रफ़ल्को सुनिश्चितता पत्र पनि पेश गर्नु पर्न बैंकले जनाएको छ ।

बोलपत्र पेश गर्दा जग्गाधनीको नागरिकताको प्रतिलिपि, जग्गा संस्थाको भए संस्था दर्ताको प्रतिलिपि, संचालक समितिले जग्गा बिक्रि गर्ने भनि गरेको निर्णय, कर चुक्ता विवरण , तिरो तिरेको विवरण, जग्गाको ब्लु प्रिन्ट, जग्गाको ४ कुना देखिने गरि हालसालै खिचिएको फोटो , लगायतका कागजात पेश गर्नु पर्ने बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.