Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दश हजारभन्दा बढीलाई कोरोनाविरुद्वको खोप

0 222

०७ चैत्र, डोटी । जिल्लामा हालसम्म १० हजार ५४४ जनाले कोरोना भाइरसविरुद्वको खोप लगाएका छन् । जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाइएको थियो। स्वास्थ्य कार्यालयले उक्त खोप लगाउने अभियान गत फागुन २३ देखि यही चैत १ गतेसम्म सञ्चालन गरेको थियो ।

खोप ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइएको थियो । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी निरु मगरका अनुसार दिपायल सिलगढी नगरपालिकामा दुई हजार तीन, शिखर नगरपालिकामा एक हजार ७१७, पूर्वीचौकी गाउँपालिकामा एक हजार १००, आदर्श गाउँपालिकामा एक हजार २६२, सायल गाउँपालिकामा ८९९, केआईसिंह गाउँपालिकामा ९३६, बोगटान फुडसिल गाउँपालिकामा ९०१, बडिकेदार गाउँपालिकामा ७३३ तथा जोरायल गाउँपालिकामा ९९३ ले उक्त खोप लगाएका हुन् ।

Nepal liquer

Subscribe to our newsletter

Agani Group

खोपबाट कसैलाई पनि ठूलो किसिमको लक्षण देखा नपरेको बताइएको छ । नौवटै स्थानीय तहमा कूल १२ हजार ६०० जना ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिक रहेका र बाँकी रहेका अन्य नागरिकलाई अर्को पटकमा लगाइने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए ।

पहिलो चरणमा भने सरकारले मानिसहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी, वित्तीय संस्थाका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायतलाई देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप लगाएको थियो ।

रासस



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.