चिरा पर्दै एमाले

0 512

०७ चैत्र, काठमाडौं । माथिल्लो तहमा धाँजा फाटेको नेकपा एमालेमा तलसम्म चीरा पर्दै गएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली प्रभावशाली नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई निरन्तर कमजोर पार्ने अभ्यासमा लागेका छन् । खनाल-नेपाल समूहले त्यसको सामना गर्दा गर्दै तल्लो निकायसम्म एमालेमा चीरा पर्न थालेको छ ।

ओलीले २८ फागुनमा बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखेर विधानको बाधा अड्काउ फुकाएर अध्यक्ष र महासचिवबाहेक पदाधिकारी र स्थायी कमिटी खारेज गरे । त्यसको प्रत्युत्तरमा नेपाल-खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गरेर ६ फागुनमा प्रस्ताव नै पारित गरेको छ । जसमा २८ फागुनको निर्णय अस्वीकार गर्ने देखि ओलीको राजीनामासम्मको विषय छ ।

आज डाकिएको केन्द्रीय कमिटी बैठकमा नेपाल-खनाल समूहले बहिष्कार गरेको छ । बैठकमा नेपाल खनाल समूह नआएपनि ओली अर्को निर्णय गरेर अगाडि बढ्ने तयारीमा छन् । यसले फेरि टकराव बढाउने देखिन्छ ।

युवा संघमा पनि धाँजा फाटेको छ । ओली समूहले अध्यक्षमा वचनबहादुर सिंहलाई चयन गरिसकेको छ । आज नेपाल-खनाल समूहले छुट्टै राष्ट्रिय भेला गर्दैछ । रिपोर्टर्स क्लबमा शुक्रबार राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश सिंहले माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा सहभागी भई युवा संघको भेला हुने जानकारी दिएका थिए ।

यसैगरी, एमालेभित्र युवा, विद्यार्थी, महिलालगायत भातृ संघ संगठनहरुमा पनि धाँजा फाटेको छ । समानान्तर समूह बनाउने देखि एक अर्काको अस्तित्व अस्वीकार गर्ने सम्मको अवस्था बनेको छ ।

ओलीले पदाधिकारी देखि स्थायी कमिटीसम्म धावा बोल्नुमा अल्पमतमा रहनु मुख्य कारण हो । तर, संसदीय दलमा ओली बहुमतमा छन् । पदाधिकारी र स्थायी कमिटीमा नेपाल-खनाल समूहको स्पष्ट बहुमत थियो । उनीहरु निर्वाचित थिए । संसदीय दलमा ओली समूहमा ८० जना रहेका छन् । नेपाल-खनाल समूहमा ३५ को हाराहारीमा छन् । बाँकी सांसद तटस्थ भूमिकामा छन् ।

एमालेभित्र एकले अर्कोको निर्णय नमान्ने गरी दुवै समूह अगाडि बढ्न थालेका छन् । धाँजा बढ्दै गएको छ । यसले कुनैपनि बेला दुर्घटनाको अवस्था निर्माण हुने खतरा पैदा भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.