Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रशासनको गेटमै रोकियो पालिका प्रमुखलाई

0 305

०७ चैत्र, बारा । जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेललाई सिमराका स्थानीयले जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट बाहिर निस्कने क्रममा शुक्रबार गेटमै रोकेका छन् । आवश्यक परेको बेला बेलाउँदा भेट्न नआएको र जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि आएपछि आक्रोशित बनेका स्थानीयले नगरप्रमुख स्वार गाँडीलाई गेटमै रोकेर विरोध गरेका हुन् ।

जगदम्बा स्टिल उद्योग र स्थानीयबीच देखिएको समस्या समाधान गर्नका लागि बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला प्रशासन कार्यालय बारामा जगदम्बा स्टिलका प्रतिनिधि, स्थानीय र सुरक्षाकर्मीबीच छलफल राखेका थिए । जगदम्बा स्टिल उद्योगविरुद्ध स्थानीयले आन्दोलन गर्दा नगरप्रमुखले साथ नदिएको गुनासो छ । प्रहरीले कुटपिट गर्दासमेत बोलाउँदा नगरप्रमुख नआएर अनुहार लुकाएको भन्दै सचेत गराएको स्थानीय सन्तोष कार्कीले बताए ।

समस्या पर्दा नगरप्रमुखले जिम्मेवार व्यवहार नदेखाएको र अब पनि गैरजिम्मेवारी व्यवहार देखाउँदा स्थानीयले नछोड्ने सचेतसमेत गराइएको कार्कीले जानकारी दिए । नगरप्रमुख पौडेलले स्थानीयले जगदम्बा उद्योगविरुद्ध सँगै आन्दोलन गर्न अपेक्षा गरेका र स्थानीय सरकारको प्रमुखले सडकमा उत्रेर आन्दोलन गर्न नसकिने भएपछि स्थानीयले गाडी रोक्न पुगेको बताएका छन् ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.