Advertisement

ग्रिन कफीको नाममा ठगी गर्ने रसियन नागरिक पक्राउ

0 1,141

Advertisement

०७ चैत, काठमाडौँ । एक महिनाअघि काठमाडौँ नयाँ बजारको खुसबुस्थित वान सप्लायर्स प्रालीमा एक ब्यक्ति गएर ग्रिन कफी किने। विक्रेताले सामाजिक सञ्जालहरूमा ग्रिन कफी खाए मोटोपना घट्ने दावी गरेको आधारमा उनी त्यहाँ पुगेका थिए।

उनीहरूले जे–जे भने ती ग्राहकले त्यही–त्यही गरे। तर, कम्पनीले दाबी गरेजस्तो उनको मोटोपना घटेन।

त्यसपछि प्रहरी पुगेर वान सप्लायर्सका सञ्चालक आशिष् आचार्यलाई पक्राउ गर्याे। उनकै बयानका आधारमा रसियन नागरिक इगोर कुट्स पनि पक्राउ परे।

सामाजिक सञ्जालहरूमा ग्रिन कफी खाएर एक सातामै मोटोपन घटाउन सकिने दाबी गर्दै भइरहेको विज्ञापन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीको नजरमा पर्‍यो।

उनीहरूले केही जानकारहरूसँग गरेको छलफलमा विज्ञापन भ्रमपूर्ण हो भन्ने देखिएपछि प्रमाण सङ्कलनका लागि ब्युरोकै एक प्रहरी ग्राहक बनेर सप्लायर्सकोमा गएका थिए।

सामाग्री किनेको देखि सबै गतिविधि उनले प्रमाणका लागि खिचेर सङ्कलन गरे। जब ती बिक्रेताको दाबी पुरा भएन त्यसैलाई प्रमाण बनाएर प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो।

ब्युरोको प्रहरीले रसियन नागरिक इगोरको डेरामा छापा मार्दा ३ लाख ९७ हजार रुपैयाँसहित १२ वटा जुटको बोरामा राखिएको हरियो कफी ६ सय ४४ केजी, बिक्री वितरणको लागि तयारी अवस्थामा राखिएको सय ग्रामको हरियो कफी २ हजार ८ सय २२ प्याकेट, ल्यापटप २५ थानलगायतका सामान बरामद गरेको छ।

उनीहरूलाई ब्युरोले शुक्रवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै आफ्नो स्ट्रिगं अप्रेसनको सफलता खुलाएको थियो।

ब्युरोकी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) गङ्गा पन्तका अनुसार कम्पनी नेपाली नागरिक आशिषको नाममा दर्ता भए पनि सम्पूर्ण कारोबार भने रसियन नागरिक इगोरले गरेका थिए।

‘कम्पनी आशिषको भएकाले उसलाई मासिक ५ सय डलर र उसैको घरमा बसेकाले घर भाडाबापत ४५ हजार रुपैयाँ दिएको देखिन्छ,’ एसपी पन्तले भनिन्, ‘अन्य कारोबारको रकम भने इगोरले नै राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। बाँकी कुरा अनुसन्धानको क्रममा खुल्ने छन्।’

ठगी

‘काठमाडौँका एक लोकप्रिय विद्यार्थीले औषधि, डाइटिङ वा व्यायाम नगरी साताको १३ किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएकोमा उत्कृष्ट स्वास्थ्य पुरस्कार प्राप्त गरे।’

झट्ट हेर्दा अनलाइन न्युज पोर्टलजस्तो देखिने साइटमा प्रकाशित भएको अन्तर्वार्ता जस्तै भए पनि यो समाचार थिएन।

उक्त अन्तरवार्ता बिना घिमिरे नाम दिइएकी काठमाडौँकी विद्यार्थीसँग लिइएको छ।

अन्तर्वार्तामा ग्रिन कफी खाएपछि तौल घटेको, तौल घटाउन जिममा पसिना बगाउनु नपरेको र यो औषधी नेपालको ‘जीव विज्ञान तथा पोषण संस्था’को अनुसन्धान एवं विकाससँग सम्झौता गरेको दाबी गरिएको छ।

साथै अन्तर्वार्ताको कमेन्टमा ग्रिन कफीले निकै फाइदा गरेको उल्लेख छ।

तर, अनुसन्धानमा ग्रिन कफी प्रयोगकर्तामा साइड इफेक्ट भएको र तौल नघटेको देखिएको ब्युरोको दाबी छ।

एसपी पन्तले ग्रिन कफीका प्रयोगकर्ताले कफी खाँदा यौन चाहनामा कमी आएको बताएका थिए। ग्रिन कफी खाइरहेका एक व्यक्तिले यसबारे भ्रम छरेको भन्दै जाहेरी पनि दिएका छन्।

यस्तै, उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा ग्रिन कफी खाएपछि एक हप्तामा नै १३ केजी तौल घटेको भन्दै विभिन्न व्यक्तिहरूको भनाई राखेको पाइएको प्रहरीले जनाएको छ।

सय ग्राम ग्रिन कफीको ७ हजार ९ सय

ग्रिन कफी प्रति केजी ९ सय ६० रुपैयाँमा खरिद गरी २० देखि ४० हजार रुपैयाँमा बिक्री गरिने गरिएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार उनीहरूको नेटवर्क भारत तथा रसियामा समेत रहेको र अनलाइनमार्फत नेपालको विभिन्न भागमा समेत बिक्री–वितरण गर्ने गरेको ब्युरोको दाबी छ।

प्रहरीका अनुसार उक्त कम्पनीले सय ग्राम ग्रिन कफीलाई ७ हजार ९ सय रुपैयाँमा बिक्री गर्ने गरेको थिए। फेसबुकमा राखिएको विज्ञापनमा डाक्टर गोविन्द केसीको फोटो समेत दुरुपयोग गरेको खुलेको छ।

आशिष्–इगोर सम्बन्ध

प्रहरीका अनुसार आशिष् इन्जिनियर पढ्न रसिया गएका थिए। त्यहाँ रहँदा उनले चिनेकी पत्रकारले नेपाल आएका इगोरलाई सहयोग गर्न आग्रह गरिन्।

इगोर सन् २०२० फेब्रुअरीमा पहिलो पटक नेपाल आएको खुलेको प्रहरीले जनाएको छ। दोस्रो पटक उनी झन्डै तीन महिनाअघि नेपाल आएका थिए।

त्यसपछि आशिषको नाममा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको वान सप्लायर्स प्रालिबाट उनले कारोबार सुरु गरेका थिए।

कम्पनीको ब्यहोरामा सुरुमा तौल घटाउने भनेर उल्लेख गरिएको थियो। पछि त्यसलाई केरमेट गरेर कफीको कच्चा पदार्थ भनेर लेखिएको थियो।

९ सयमा किनेर २० हजारमा विक्री

प्रहरीको दाबी अनुसार उनीहरूले प्रतिकिलो ९ सय ६० रुपैयाँमा ग्रिन कफी ल्याएर विभिन्न केमिकल मिसाएर प्रतिकिलो २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका थिए।

उनीहरूले १ किलो कफीमै ४० हजार रुपैयाँसम्म नाफा गरेका थिए।

ग्राहकलाई आर्कशित गर्न उनीहरूले एक हप्तामै १३ व्यायामै नगरी १३ किलोसम्म घट्ने दाबी गरेका थिए। उनीहरूको यही अपत्यारिलो दाबिले सिआइबीको नजर परेको थियो।

प्रहरीका अनुसार उनीहरूले भ्रममा पारेर अहिलेसम्म ७ करोडभन्दा बढी रुपैयाँको कारोबार गरिसकेको प्रहरीको दाबी छ। नेपालमा भ्रममा पारेर कमाएको रकम उनीहरूले हुन्डी गरेर भारत र रसिया पठाउने गरेको सिआइबीको दाबी छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.