Advertisement

कोभ्याक्सिनले नेपालमाआकस्मिक प्रयोगका लागि अनुमति पायो

0 435

Advertisement

०६ चैत, काठमाडौं । औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडबिरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको जानकारी गराउनुभयो ।

यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन् । यसअघि कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन । महानिर्देशक भट्टराईले अझै नेपालमा प्रयोगका लागि दुईवटा कम्पनीले निवेदन दिएको बताउनुभयो । महानिर्देशक भट्टराईका अनुसार रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले विभागमा निवेदन दिएका छन् । उक्त निवेदन माथि विभागको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ ।

औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा शुक्रबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि भारतीय कम्पनी कोभ्याक्सलाई अनुमति दिएको हो ।

आकस्मिक प्रयोगका लागि कोभ्याक्सिनले अनुमति पाएको भन्दै महानिर्देशक भट्टराईले कम्पनीले सबै प्रक्रिया पुरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा यो खोपलाई आकस्मिक अनुमति दिएको जानकारी दिनुभयो । नेपालमा अहिलेसम्म कोभिसिल्ड खोप प्रयोग भइरहेको छ । कोभिसिल्ड खोप यतिखेर अभाव रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.