वैशाखदेखि जनगणना सुरु हुँदै, ४ अर्ब रुपैयाँ खर्च हुन, ५० हजार भन्दा बढी जनसंक्ति आवश्यक

0 1,077

०६ चैत, काठमाण्डौ । केन्द्रिय तथ्याङक विभागका अनुसार १२ औँ राष्ट्रिय जनगणना २०७८ सालको बैशाख जेष्ठ र असारमा सञ्चालन गर्ने तयारी रहेको छ । अहिले सम्म जनगणनाका पूर्वका कामहरु सबै जिल्ला र प्रदेशहरुमा ८७ वटा कार्यालय स्थापना गर्ने र उक्त ठाउमा खटिने प्रमुख जिल्ला अधिकारी जिल्ला जनगणना अधिकारी र सहायक जिल्ला अधिकारी प्रत्येक जिल्लामा व्यवस्थापन गरिएको छ । अन्य व्यवस्थापकिय कर्मचारीको व्यवस्थापनका कार्य भैरहेको विभागका निर्देशक डा. हेमराज रेग्मीले बताएका छन् ।

विगतमा व्यक्तिगत अन्तर्वाता गरेर विवरण संकलन गर्ने गरिएको थियो । तर यस बर्ष विगतका बर्षमा भन्दा अतिरिक्त विधिबाट कार्यगर्ने योजना रहेको छ । कम्पुटरको माध्यमबाट र इमेल मार्फत प्रंश्नहरु संकलन गर्ने योजना रहेको छ । जसका लागि ५० हजार भन्दा बढी जनसंक्ति आवश्यक पर्ने केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।

त्यसमध्ये करिव ४९ जना गणकहरु करिव १ महिनाको लागि ८ हजार जना सुपरिर्वाेक्षक २ महिनाको लागि जसलाइ खुल्ला बजारबाट पुर्ति गर्ने योजना रहेको छ । त्यस बाहेकको व्यवस्थापकिय जनशक्ति काजमा ल्याएर व्यवस्थापन गर्ने योजना छ । गणना पुर्वका कार्य तालिका करिव सम्पन्न भैसकेको रेग्मीले बताए ।

नेपालको जनसंख्या वृद्धिदर विगतका बर्षमा भन्दा घट्ने अनुमान गरिएको छ । जन्मदर घट्नु र मृत्युदरमा समेत कमीका कारण जनसंख्या वृद्धिदर घट्ने अनुमान गरेको रेग्मी बताउँछन् ।

जनगणना पूर्वका तयारी जगाना पश्चात गरिने खर्चको निमित ५ अर्ब खर्च लाग्ने योजना भएता पनि नेपाल सरकारबाट आवश्यक बजेट विनियोजन नहुदा करिब ४ अर्ब खर्च गरेर जगाना गर्ने योेजना रहेको छ । नेपालमा विसं १९६८ (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता प्रत्येक दश–दश वर्षमा जनगणना हुँदै आएको छ । पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार देशको कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.