Advertisement

सीटीईभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा समातिए

0 384

Advertisement

०६ चैत, जनकपुर । सीटीईभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरबाट पाँचजनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–४, भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएको हो ।

प्रश्नपत्र आउट गरी भैरवचोकस्थित एक फोटोकपी पसलमा फोटोकपी गरिरहेको अवस्थामा पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै उनीहरूको नाम गोप्य राखिएको मिश्रले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपश्चात् सबैको नाम सार्वजनिक गरिने उनको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.