Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

किर्तेकाण्डः ‘४३ करोड रुपैयाँ ठेक्का किर्तेकाण्डमा पक्राउ परे, भ्याली कन्स्ट्रक्सन मालिक रवीन्द्र महर्जन

0 1,071

०६ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नक्कली कागजात बनाएर ठेक्का हात पारेको आरोपमा एक जना ठेकेदारलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भ्याली कन्स्ट्रक्सन नामक कम्पनिका मालिक ठेकेदार रवीन्द्र महर्जन रहेका छन् । बुधबार साँझ ललितपुरको पुल्चोकबाट पक्राउ परेका उनी व्युरोको हिरासतमा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रपछि सीआईबीले महर्जनलाई बुधबार साँझ पक्राउ गरेको थियाे।

पक्राउ परेका महर्जनले संस्कृत तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बौद्ध दर्शन प्रवद्र्धन तथा विकास समितिको लेटरप्याड किर्ते गरि चपुर–०९ स्थित निर्माण कार्य नै नभएको बहुतल्ले अस्पताल भवन निर्माण सम्पन्न भएको भनि त्रिचालिस करोड ३७ लाख पचपन्न हजार रुपैयाँ पैसा समेत बुझेको भन्दै संस्थालाई नै हस्तान्तरण गरेको प्रमाणित गरेको किर्ते कागजात बनाएका थिए । उनले नेपाल सरकारका अन्य ठेक्कामा समेत उनले किर्ते कागजात बुझाएका थिए ।

Subscribe to our newsletter

उनले भ्यालि कन्स्ट्रक्सनबाट ललितपुरमा चार वटा विद्यालय निर्माण गरेका छन् । उनले धादिङ र मकवानपुरमा गरि १९ वटा विद्यालयको ठेक्का हत्याएका छन् । मकवानपुरमा १९ वटा विद्यालयको ९५ प्रतिशत काम सम्पन्न गरिसकेको पाइएको छ । त्यस्तै धादिङमा १० वटा विद्यालयको भवन ३ महिनाअघि देखि निर्माण शुरु गरेको पाइएको छ ।

उनको साथबाट सिआइबीले एप्पल कम्पनिको मोबाइल, २ थान ल्याप्टप, २ थान कम्प्युटरको सिपियु, मागी गुम्बा समितिको संस्थाको नाली लेटर प्याड बारमद गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.