Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ विक्री खुल्ला

0 466

०६ चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (चैत ६ गते) शुक्रबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ आवेदन खुल्ला गरेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो।

कम्पनीको प्रति कित्ता अंकित मूल्य रु.१०० दरका २९लाख कित्ता शेयर मध्ये ५८ हजार कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १,४५,००० कित्ता अर्थात ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाकी रहने २६,९७,००० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरिएको छ ।

Subscribe to our newsletter

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

यो भन्दा अगाडी ज्योतिलाइफ इन्स्योरेन्समा कम्पनीको शेयर आवदेनमा आईपीओमा १८ लाख माथि लगानीकर्ताले आवेदन दिएकोमा त्यही तथ्यांकलाई आधार मान्दा यस आईपिओमा दश कित्ता आवेदन दिंदा उत्तम देखिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.