Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मेगा बैंक अब एसियाली विकास बैंकको साझेदार

0 386

०६ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौँ साझेदार बैंक बनेको छ ।

दिगो विकास लक्ष्यका अवधारणाहरूलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरूमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमूलक उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय व्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ । नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमूलक क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबीको यो साझेदारी भएको हो ।

यो साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रिय व्यापार तथा व्यवसाय गर्ने ग्राहकहरूलाई अब कारोबार गर्न सहज हुने भएको छ । सामान आयात तथा निर्यातका लागि प्रतीतपत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभूति पत्र (ग्यारेन्टी) दिने काम गर्छ । यसले नेपालको व्यवसाय प्रवद्र्धन गर्न मदत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने मेगा बैंक नेपाल लिमिटेडको विश्वास छ ।

Subscribe to our newsletter

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली भनिन,– ‘एडीबीको साझेदार बन्न पाउनु मेगा बैंकका लागि गर्वको कुरा हो, मेगा बैंकका ग्राहकहरूलाई अब अन्तरदेशीय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिएको छु ।’ उनले भनिन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.