Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हुन्डाईको लग्जरी एमपीभी ‘स्टारिया’

0 1,446

०६ चैत, काठमाडौं । हुन्डाईले आफ्नो प्रडक्ट रेञ्ज विस्तार गर्ने क्रममा एमपीभी बजारमा ल्याउने भएको छ । विशेषत दक्षिण एसियाली बजारलाई केन्द्रमा राखेर बजारमा ल्याउन लागेको एमपीभी ‘स्टारिया’को टिजर गत हप्ता सार्वजनिक भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो हाफसम्ममा नयाँ एमपीभीको विषयमा थप जानकारी दिने घोषणा गरेको छ ।

प्रिमियम फिचरको साथ बजारमा आउने स्टारियाले महिन्द्रा मराजो, टोयोटा इनोभा र किया कार्निभलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट एमपीभीमा धेरै सेग्मेन्ट फर्स्ट फिचरहरु समावेस हुने अनुमान गरिएको छ ।

Subscribe to our newsletter

हनीकम्ब मेससहितको ठूलो ग्रिलको साथ एरोडाइनामिक फ्रन्ट फेसिकाले स्टारिया निकै आकर्षक देखिएको छ । एलइडी हेडलाइट, फग लाइट, छतमा लामो एलइडी स्ट्रीप लाइट जस्ता लाइटिङ सिस्टम दिइएको थियो ।

स्पेशसिप डिजाइनमा आधारित यो मिनिभ्यानमा ७ देखि ११ सिट क्षमतासम्म दिन सक्ने जनाइएको छ । कम्पनीको दाबीलाई मान्ने हो भने यो एमपीभी फ्यूचरलाई प्रदर्शित गर्ने किसिमले डिजाइन गरिएको छ । यसको टप स्पेकमा भने रेडियटर ग्रिल, फुल एलइडी हेडल्याम्प, वेसस्पोक १८ इन्च अलोय ह्वील, १०.२५ इन्चको टच स्कृन, प्रिमियम रिल्याक्सेन सिट, ६४ प्रकारको कलर प्रदान गर्ने एम्बीयन्ट लाइट जस्ता फिचर यसमा उपलब्ध रहने छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.