Advertisement

बझाङको साइपाल गाउँपालिकाका नागरिक भाेकमरीमा, सहयाेग गर्न गाउँपालिकाद्वारा अपिल!

0 856

Advertisement

०६ चैत, बझाङ । बझाङ सदरमुकामबाट करिब ३५ किलाेमिटर उत्तर-पुर्व भौगोलिक रूपमा विकट गाउँपालिका मध्य एक हाे। “साइपाल गाउँपालिका” यातायात सडक सञ्जालले पनि नजोडिएको  र त्यसमाथि प्राकृतिक विपद् आइलाग्दा बझाङको साइपाल गाउँपालिकाका झन्डै ६१० घरपरिवार खाद्यान्नको अभाव हुन थालेकाे छ।

वातावरणको साथ प्राकृतिक हरितगृह ग्याँसहरुको कारण ग्रीन हाउस प्रभाव मजबूत बन्छ। ग्रीनहाउस ग्यासको बोक्ने क्षमतालाई पार गरेर वायुमण्डलमा स .्कलनका कारण निम्न तह र मध्य ट्रोपसियर जस्ता तापमानमा तापक्रम बढेको कारण औद्योगिक प्रक्रिया, कृषि गतिविधि, वन फँडानी र जीवाश्म उर्जा स्रोतहरूको प्रयोग ग्लोबल वार्मिंगको महत्त्वपूर्ण कारणहरूमध्ये एक हो।

थप रूपमा, जीवाश्म उर्जा स्रोतहरूको उपयोगको परिणाम स्वरूप, ट्रपोस्फीयरमा जम्मा भएका एरोसोलहरूले बादलको मात्रा र परावर्तन गुणहरू परिवर्तन गर्दछ यदि तिनीहरूको सांद्रता परिवर्तन हुन्छ। यसकाे प्रभाव हाम्राे देश नेपालमा पनि पर्न थालेकाे छ। साइपल गाउँपालिकामा गत कात्तिकयता एक दिन मात्रै पानी पर्‍यो । पानी नभएपछि अन्न बाली फलेन ।

भोकमरीको मारमा परेपछि गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्ष खाद्यान्न माग्दै काठमाडौं आइपुगेका छन् । काठमाडौं आउनेमा पालिका उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा १ का अध्यक्ष गोपाल बोहरा, २ का अध्यक्ष हरिलाल बोहरा, ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह रोकाया छन् ।

गाउँपालिकामा ५ वटा वडा छन् । वडा १ र २ मा करिब १५० घरपरिवार बसोबास गरिरहेको बोहराले जानकारी दिइन् । वडा ३ मा करिब १६० परिवार, ४ मा २०० र ५ मा करिब १०० घरधुरी छन् । यो क्षेत्र चीनको सीमानजिकै छ । आवश्यक अन्य वस्तु गाउँलेले चीनबाट किन्थे तर पछिल्लो समय नाका बन्द छ । जसले गर्दा उनीहरू थप समस्यामा परेका हुन् ।

खाद्यान्नको अभावकाे कारण
बझाङ जिल्लाको विकट साइपाल गाउँपालिकामा नेपाल खाद्य संस्थानले खाद्यान्न नपठाएर र स्थानीयको घरमा सञ्चित खाद्यान्न सकिएर प्रायः सधैं भोकमरी हुने गरेको छ । गत वर्ष पनि यो गाउँपालिकामा खाद्यान्न अभाव भएको थियो ।

‘जडीबुटीबाट अलिअलि कमाइ हुन्थ्यो र चामल खान्थ्यौं । यसपालि जडीबुटी भएन, बाली फलेन, ‘त्यही भएर पनि भोकमरी भयो । कसै–कसैको घरमा एक दाना पनि चामल छैन ।’

साइपालका बासिन्दाले बन्दोबस्ती र दैनिक उपभोग्य सामग्रीका लागि दुई दिन पैदल हिँडेर सदरमुकाम चैनपुर आउनुपर्ने हुन्छ । ‘दैनिक ज्यालादारी गरेर खाने मान्छे हौं, महँगो दाम पनि हाल्न सक्दैनौं, धेरै दिन पुग्ने अन्न जोहो गर्न पनि सक्दैनौं,’ साइपाल–४, धुलीका सांगे लामाले भने । ‘सरकारसँग धान, चामल र गहुँसहित ३ लाख १९ हजार ३ सय २४ क्विन्टल खाद्यान्न मौज्दात छ । निजी कम्पनीसँग पनि पर्याप्त मौज्दात छ,’ उनले भनिन्, ‘स्थायी संयन्त्र नभएकाले केही ठाउँमा समस्या देखिएको हो ।’

उच्च हिमालमा पर्ने भएकाले अन्न उत्पादन न्यून हुने यस गाउँपालिकामा संस्थानको स्थायी डिपो सञ्चालन गरिदिनका लागि यहाँका बासिन्दाले प्रदेश सरकार र संघीय सरकारलाई पटकपटक गुहार्दै आएका छन् । ‘डिपो स्थापना नभएका कारण भोकमरीको समस्या भइरहन्छ,’ स्थानीय अगुवा मानबहादुर बोहराले भने, ‘समस्या राख्न धनगढी र काठमाडौं पटकपटक गयौं ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.