Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘सी’ डिभिजन लिग फुटबलमा आज यी चार टीम खेल्दैछन्

0 586

०६ चैत, काठमाडौं । एन्फा कम्प्लेक्स सातदोबाटोमा चलिरहेकाे सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

जसमध्ये पहिलो खेलमा सानेपा युथ क्लब र सामाजिक युवा क्लबबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र सानोगौचरण युथ क्लबबीच दिउँसो ३:३० बजे सुरु हुनेछ ।

Subscribe to our newsletter

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.