छाया सेन्टरमा कमेडी च्याम्पियन सिजन–२ को पहिलो भाग

0 448

०६ चैत, काठमाडौं । ‘कमेडी च्याम्पियन सिजन–२’को पहिलो भाग देखाइएको हो । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’को ग्राण्ड प्रिमियर अन्तरगत बिहीबार काठमाडौंको छाया सेन्टरमा सिजन २ को पहिलो भाग देखाइएको हो ।

‘कमेडी च्याम्पियन सिजन–२’ को प्रशारण २१ फागुनबाट नै सुरु भइसके पनि फिजिकल अडिसनबाट उत्कृष्ट २४ छानेपछि मात्रै ग्राण्ड प्रिमियर गरेको हो ।

निर्णायक मनोज गजुरेल र हाँस्य कलाकार सुवोध गौतमको प्रस्तुतिबाट सुरु गरिएको पहिलो भागमा टप २४ मा परेका चार प्रतियोगीको प्रस्तुती देख्न सकिन्छ ।

सुरुवातमा सिक्किमका विक्की अग्रवालले प्रस्तुति दिएको पहिलो भागमा कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालले पनि प्रस्तुति दिएका छन् ।

६ हजार भन्दा बढि डिजिटल अडिसन प्राप्त भएकोमा १२० जनालाई फिजिकल अडिसनका लागि बोलाइएको थियो ।

सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । विशाल भण्डारीले निर्देशन गरेको शोको कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।

कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजन र ‘ओएसआर रियालिटी’ युट्युब च्यानलबाट प्रशारण हुँदै आएको छ ।

विजेताले कार र २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने निर्देशक भण्डारीले बताए । पहिलो सिजनको विजेता हिमेश पन्त बनेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.