Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मरिच, छोकडा लगायत वस्तुको आयातमा प्रतिबन्द हटाएको छ

0 817

०६ चैैैत, काठमाडौँ । सरकारले मरीच, केराउ, छोकडा र सुपारी आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त चारओटा वस्तुमा लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा सरकारले उक्त वस्तु तोकिएको कोटामा मात्र आयात गर्न दिने निर्णण गरेको हो । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले कोटाका आधारमा उक्त चार वस्तुको आयात खुला गरिएको बताइन् ।

यससम्बन्धी आवश्यक सूचना भने आउँदो सोमबारको राजपत्रमा प्रकाशन गरिने उनले जानकारी दिइन् । सम्बद्ध वस्तु कति परिमाणमा आयात गर्न दिने भन्ने विषय केही खुलाउन नमिल्ने उनको भनाइ छ । ‘हाललाई कोटा प्रणालीमा यी वस्तुको आयात गर्ने दिने व्यवस्था गरेका छौं । यदि भविष्यमा आयातित वस्तुले पुगेन र मागअनुसार आपूर्ति गर्न सकिएन भने पुनर्विचार हुन सक्छ,’ उनले भने ।

Subscribe to our newsletter

कोरोना महामारी नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीको अवस्थामा सरकारले गत वर्षको चैतमा धेरै आयात हुने वस्तु आयातमा रोक लगाएको थियो । त्यस क्रममै मरीच, केराउ, छोकडा र सुपारी आयातमा भने पूर्ण प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला मदिरालगायत अन्य वस्तुको आयातमा पनि रोक लागेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.