Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

‘‘काँग्रेसले अब ओलीलाई घर पठाउनुपर्छ, छोटो समयका लागि भए पनि सरकारको जिम्मा लिएर निर्वाचन गराउनुपर्छ,’ – गगन थापा

0 427

०६ चैत, काठमाडौँ । तत्काल सरकारको नेतृत्वमा जान नहुने ब्यक्तिदिँदै आएका नेपाली कांग्रेसका नेता गगन थापा बोली बदल्दै अब सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने पक्षमा उभिएका छन्।

मतदाताले पार्टीलाई पाँच वर्ष विपक्षमा बस्ने म्याण्डेड दिएकाले सरकारमा जान नहुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थापाले स्याङ्जाको भीरचोक पुगेर‘नेकपा असफल भएको’ बताउँदै काँग्रेसले अब सरकारको जिम्मेवारी लिनुपर्ने पक्षमा अभिव्यक्ति दिएका हुन्।

उनले ओली प्रधानमन्त्री रहिरहे संवैधानिक निकाय र संसद् नै पङ्गु हुने दाबी गर्दै ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पनि सरकारको नेतृत्व अब काँग्रेसले गर्नुपर्ने मत राखे।

Subscribe to our newsletter

‘‘काँग्रेसले अब केपी ओलीलाई घर पठाउनुपर्छ । काँग्रेसले छोटो समयका लागि भए पनि सरकारको जिम्मा लिएर निर्वाचन गराउनुपर्छ,’ उनले भने।

उनी यतिमै मात्र अडिएनन्। किन काँग्रेसले अब सरकारको नेतृत्व गर्नुपर्छ भन्ने तर्कहरू समेत राखे। ‘सुशासन, रोजगारी, स्वास्थ्य क्षेत्रमा सुधार र बिग्रिएको संविधानलाई ठिक ठाउँमा ल्याउन पनि काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ,’ उनको दाबी थियो।

उनले भने‘नेकपाले सरकार चलाउन सकेन र अब काँग्रेसले चलाउँछ।’

फागुन २० मा जनकपुरधाम पुगेका बेला थापाले पाँच वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाएका कारण काँग्रेस प्रतिपक्षमै बस्नुपर्ने बताएका थिए। एकै महिनामा उनले बोली बदले।

आजै काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले एक साताभित्र प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र काँग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका थिए।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.