Advertisement

दुई दिनमा दुई पाटेबाघ नियन्त्रणमा

0 356

Advertisement

०५ चैत्र, बर्दिया । बर्दियामा दुई दिनमा दुईवटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपास र खाता जैविक मार्ग क्षेत्र आसपासमा दैनिक जसो मानिस तथा पशुचौपायालाई आक्रमण गर्ने दुईवटा पाटेबाघलाई नियन्त्रणमा लिइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्ग क्षेत्रमा केही महिना अघिदेखि आतंक मच्चाइरहेको एउटा पाटेबाघलाई बिहीबार मधुवन नगरपालिकाको भग्रैया क्षेत्रबाट नियन्त्रणमा लिइएको छ भने बुधबार गेरुवा गाउँपालिका–४ गोला सामुदायिक मध्यवर्ती वनबाट अर्को बाघलाई नियन्त्रणमा लिइएको थियो । दुवै बाघलाई डार्ट (लठ्याएर) गरेर नियन्त्रणमा लिइएको हो ।

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई बाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएपछि बर्दिया राष्टिय निकुञ्ज, प्रकृति संरक्षण कोष, निकुञ्ज सुरक्षार्थ तैथान नेपाली सेना लगायतको प्राविधिक सहितको टोली आक्रमण गर्ने बाघको खोजीलाई तीव्रता दिँदै आएको थियो ।

मानिस तथा पशुचौपायामाथि निरन्तर आक्रमण गर्ने बाघको पहिचानका लागि निकुञ्जको प्राविधिक टोलीले एक हप्तादेखि क्यामेरा ट्रयापिङमार्फत् निरन्तर अनुगमन गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो ।

बुधबार गेरुवाबाट नियन्त्रणमा लिइएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको रम्भापुर पोष्टमा राखिएको छ भने बिहीबार खाता जैविक मार्गबाट नियन्त्रणमा लिइएको बाघलाई बाँके राष्ट्रिय निकुञ्ज लगिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नियन्त्रणमा लिइएका दुवै बाघ नरभक्षी हुन् कि होइनन् भन्ने पृष्टि नभैसकेको भए पनि निरन्तरको क्यामेरा ट्रयापिङमा ती बाघहरु देखिएको हुँदा यस अघि मानिस तथा पशुचौपायाको आक्रमण ती बाघहरुले गरेको हुनसक्ने निकुञ्ज प्रशासनले दावी गरेको छ । बाघको आक्रमणबाट राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र खाता जैविक मार्ग आसपासका क्षेत्रमा यस वर्षमात्र दश जनाले ज्यान गुमाइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.