Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दशरथ रंगशालामा त्रिदेशीय फुटबल आयोजना हुँदै

0 322

०५ चैत, काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा यहि चैत १० देखि १६ गतेसम्म त्रिदेशीय फुटबल फुटबल आयोजना हुने भएको छ । खेल हेर्न आउने दर्सकका लागी टिकट दर सात सय र १५ सय रुपैयाँ तोकिएको छ ।

नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी प्रतियोगिताका खेल हेर्न जनरलतर्फ सात सय र भीआईपीतर्फ १५ सय रुपैयाँ टिकट तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । रंगशालामा १५ हजार दर्शक क्षमता भए पनि १२ हजार वटा टिकट मात्र बिक्री गरिने एन्फाले जनाएको छ ।

सामान्य तर्फ १० हजार ५०० र भीआईपीतर्फ १५०० वटा टिकट बिक्री गरिने एन्फा प्रवक्ता किरण राईले बताए ।यो प्रतियोगिता सञ्चालन गर्न १ करोड रुपैयाँ खर्च लाग्ने र टिकट बिक्री तथा टेलिभिजन प्रशारण अनुमति बिक्रीबाट १ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य रहेको राईले जानकारी दिए ।

Subscribe to our newsletter

प्रतियोगिताको विजेताले ५ हजार डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले पाँच सय डलर र हरेक खेलको म्यान अफ दि म्याचले २५० डलर पुरस्कार पाउनेछन् ।

त्रिदेशीय कपमा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछ ।

अहिले नेपाली फुटबल टिम यही प्रतियोगिताको तयारीमा छ । प्रतियोगितामा सहभागी हुन बंगलादेशको टोली बिहीबार काठमाडौं आउँदैछ भने कीर्गिस्तानको टोली २१ मार्च अर्थात चैत ८ गते आउनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.