हापुरे उद्योग बाणिज्य संघमा पद हस्तान्तरण

0 393

०५ चैत्र, हापुरे । हापुरे उद्योग बाणिज्य संघमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गएको चैत्र २ गते नयाँ नेतृत्व चयन भएको हो । निर्बाचन समितिका संयोजक तथा बबई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डम्बरबहादुर सिरिस मगरको रोहबरमा पद हस्तान्तरण भएको हो ।

निर्बाचन समितिका संयोजक सिरिस मगरको सहभागीतामा पद हस्तान्तरण कार्यक्रम भएको हो । गएको चैत्र २ गते भएको भेलाले टीकाराम खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको थियो । निजी क्षेत्रको सस्था हापुरे उद्योग बाणिज्य संघलाई सक्रिय बनाउने नयाँ कार्य समितिले जनाएको छ ।

निबर्तमान अध्यक्ष ज्ञानप्रसाद आइतबारे र सचिब तिलाराम भण्डारीले नबनिर्बाचित अध्यक्ष टीकाराम खत्री र सचिब मोहनराज बुढा क्षेत्रीलाई माइन्युट र निर्णय रजिष्टर हस्तान्तरण गरेर पद हस्तान्तरण गरिएको हो । कार्यक्रममा नबनिर्बाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.