Advertisement

“मेरो खोजी” (कबिता)

0 602

Advertisement

डा. राजेन्द्र चापागाइ। ‘आहत’

०५ चैत्र, काठमाडाै ।

कालो मडारिएको बादल भित्र
म सुर्यको बिम्ब खोज्दै छु
निस्पष्ट अन्धकार भित्र
बिहानीको मिरमिरेखोज्दै छु

बिपनाका अस्तब्यस्तामा
सपनाका महल खोज्दै छु
बलिन्धार बग्दा अश्रुधारामा
जीवनका रहर खोज्दै छु

हासिरहेका दाँत भित्र
रोई रहेको आँत खोज्दै छु
उनको फिक्का हासो भित्र
नपोखिएको आँशू खोज्दै छु

महलको सयल भित्र
आक्रान्त जीवन खोज्दै छु
निदाएका आँखा भित्र
लोलाएका मन खोज्दै छु

शुम्भ निशुम्भ को ताण्डब नृत्यमा
कौशिकिको संकल्प खोज्दै छु
मदहोस व्यभिचारी दैत्य बीच
सिता साबित्रिको अस्मिता खोज्दै छु

प्रतिकुल का बाँझा फाटहरुमा
अनुकुलाताका बाटा खोज्दै छु
लाज पचाएको टुडिखेलमा
बिपी, मदनका आवाज खोज्दै छु

तिम्रो मङमङति बसाउने अत्तर सेण्ट भित्र
ड़ङडङति ग न्हाउने तिम्रो इंट्रेस्ट खोज्दै छु
तिम्रो बर्तमान रबाफ र रबैया भित्र
तिम्रो पुरानो हबिगत खोज्दै छु

अनि म
निरिह निमुखाका झोपडी भित्र
आइन्स्टाइनका खोपडी खोज्दै छू ।

@ आहत निबास, ट्यांग्लाफ़ाट, Ktm
: स्याङ्जा- अर्जुनचौपारि -५ आरुचौर



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.