Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नबिलसँग मर्जरको हल्लापछि नेपाल बंगलादेशमा लगानीकर्ताको आकर्षण, नेप्सेमा ४२ अंकले बड्याे

0 828

०५ चैत्र, काठमाडौं । गएको सातासम्म लगातार ओरालो यात्रामा रहेको सेयर बजारले यो साता भने पुनः लय समातेको छ । साताको दोस्रो कारोबार दिन सोमबार २४०० अंकको विन्दुबाट तल झरको सेयर बजार पछिल्लो तीन कारोबार दिनमा भएको वृद्धिसँगै २५०० अंकको विन्दुलाई पछ्याएको छ ।

साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से ४२.९५ अंकले वृद्धि भएर २४७५.०९ अंकमा बन्द भएको छ । गएको फागनु ९ गते २१४० अंकको ऐतिहासिक विन्दुमा पुगेको थियो । त्यसपछि घट्न सुरु भएको नेप्से यही साताको सोमबार २३८९.१९ अंकसमम झरेको थियो । त्यसपछि मंगलबार बुधबार र बिबीबार तीन दिन लगातार बढेको नेप्सेले पुनः २५०० अंकको विन्दुलाइ पछ्याएको छ ।


बजार परिसूचक बढ्न लागे पनि कारोबार रकम भने स्थिर नै देखिएको छ । अघिल्लो महिना दैनिक औसत ८ अर्बमाथिको कारोबार भएको बजारमा यो साता कारोबार रकम ३÷४ अर्बमा मात्रै सीमित भएको छ । यद्यपि, हिजो बुधबारको तुलनामा भने कारोबार रकम बढेको छ । बुधबार ३ अर्ब ३७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६६ करोडको कारोबार भएको छ । ५७ हजार ७४२ पटकमा २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

Subscribe to our newsletter

बजार परिसूचक उकालो लाग्दा व्यापारबाहेक सबै उपसूचक हरियाली भएका छन् । व्यापार उपसूचक १.०६ प्रतिशतले घटे पनि होटेल एन्ड टुरिजम उपसूचक सर्वाधिक ४.०१ प्रतिशतले बढेको छ । यस्तै, उत्पादन उपसूचक ३.०२ प्रतिशत, जीवन बिमा उपसूचक २.५५ प्रतिशत, लघुवित्त उपसूचक २.५२ प्रतिशत, अन्य उपसूचक २.१६ प्रतिशत, लगानी उपसूचक २.०६ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.५ प्रतिशतले बढेको छ ।

नेप्सेमा हरियाली छाउँदा ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड इदी मार्दी हाइड्रोपावर, चन्द्रागिरि हिल्स र नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यता, जोशी हाइड्रोको सेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले घटेको छ । यस्तै, आँखुखोला जलविद्युत् कम्पनीको मूल्य ६.३३ प्रतिशत, दिव्यश्वरी हाइड्रको सेयर मूल्य ५.३४ प्रतिशत, खानीखोला हाइड्रको सेयर मूल्य ५ प्रतिशत र रैराङ हाइड्रको सेयर मूल्य ४.५५ प्रशितले घटेको छ ।

नेपाल बंगलादेश बैंक नबिल बैंकसँग मर्जरमा जान लागेको हल्ला फैलँदा लगनीकर्ता बैंकको सेयरमा झुम्मिएका छन् । सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बैंकको २२ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच हुँदा ७७ करोड २ लाख ९९ हजारको कारोबार भएको छ । यस्तै, नेपाल इन्फ्रास्ट्रचर बैंकको २१ करोड ६६ लाख १५ हजार, नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ४४ लाख ९९ हजारको कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.