Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

इन्द्रावती गाउँपालिकालाई डिजिटलमैत्री नमूना गाउँपालिकामा, ऐना झै प्रस्ट हेर्न सकिने!

0 554

०५ चैत, सिन्धुपालचाेक इन्द्रावती गाउँपालिका क्षेत्र भित्र धार्मिक, पर्यटकीय स्थलहरु, साँस्कृतक धरोहर, शिक्षण संस्था, स्वास्थ्य, खानेपानी, सिँचाइ, सरकारी कार्यालयलगयत त्यहाँ बसोवास गर्ने जनताहरुको यर्थाथ वस्तुस्थिति आफ्नो चित्रण गरेर वेवसाइटमार्फत सार्वजनिक गर्ने भएको छ ।

ऐना झै प्रस्ट हेर्न सकिने नगरको पार्श्वचित्र निर्माणको लागि गाउँपालिका क्षेत्र भित्र घरधुरी सर्वेक्षण इन्द्रावती गाउँपालिकालाई डिजिटलमैत्री गाउँपालिका बनाईने भएको छ । गाउँपालिका डिजिटलमैत्री बनाउन बुधबारबाट अभियान थालिएको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनु भयाे ।

Subscribe to our newsletter

गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तर्गत ब्यक्तिगत घटना तथा शुद्धिकरण कार्यक्रमको शुभारम्भ गर्दै तामाङले अब इन्द्रावती गाउँपालिकाका सबै कामहरु डिजिटल माध्यमबाट हुने बताए । सिन्धुपाल्चोकको स्थानीय तहमध्ये नमूना गाउँपालिका बनाउने उद्देश्य अनुसार डिजिटल प्रविधिको प्रयोगलाई जोड दिइएको हाे´, अध्यक्ष तामाङले भन्नु भयाे ।

गाउपालिकाको आर्थिक सामाजिक, जैविक, धार्मिक, सास्कृतिक, कुन क्षेत्रमा कस्तो किसिमको विकासको आवश्यकता हो गाउपालिकाले पहिचान गरी आफ्नो कार्यक्रम समेत अगाडी बढाउन सक्ने हुँदा दीर्घकालीन सोचका साथ गुरुयोजना तयार गरी आफु अघि बढ्न मद्दत पुग्नुको साथै एकिकृत शहरी विकास योजना जस्ता ठूला आयोजना सञ्चालनगर्न समेत सहयोग पुग्ने आशा नगरपालिकाले राखेको छ ।

तथ्याङ्क डिजिटल माध्यमबाट अफलाइन भरी नगरको वेवसाइटमा अपलोड गरेपछि सवेक्षणले समग्र इन्द्रावती गाउँपालिकाको पहिचानदिन सक्ने पार्श्वचित्र तयार गर्नेछ ।

घरमुलीको नाम, फोन नं. नागरिकता नं. घर नं. लगायत आर्थिक सामाजिक सम्पूर्ण तथ्याङ्कहरु संकलन गरी नगरपालिकाको आफ्नो वेवसाइटमा राखेपछि जुनसुकै वेला जुनसुकै ठाउँमा रहेर पनि नगरपालिकाको अध्ययन गर्न सकिने छ ।

यसरी सर्वेक्षण गरेपछि प्रत्यक्ष रुपमा जनता र नगरपालिकासँग कुनै पनि बेला सीधा सम्पर्क गर्न सकिने भएकाले जनताको समस्यामा गाउपालिकाले गर्नुपर्ने सहयोग गर्न सक्ने तथा आफुलाई आवश्यक परेको खण्डमा जनताले पनि सम्पर्क गर्न सक्ने भएकोले सबैलाई फाइदा पुग्ने प्रमुख बंशलाल तामाङकाे भनाइ छ ।

अधिकृत श्री श्रीकृष्ण पाैडेल

प्रमुख प्रशासकीय अधिकृत श्री श्रीकृष्ण पाैडेलले भन्नु भयाे;
हाम्राे यस इन्द्रावती गाउँपालिकालाई डिजिटलमैत्री नमूना गाउँपालिकामा, “ऐना झै प्रस्ट” हेर्न सकिने गाउपालिका बानउने हाम्राे याेजनाका साथ हामी अघि बढेका छाैं। यस गाउँपालिका क्षेत्र भित्र रहेका सबै घटनाहरु सफ्टवेयर मार्फत अपलोड कार्यभइरहेका छन् ।

गाउँपालिकालाई ‘स्मार्ट भिलेज’को रुपमा विकास गर्ने लक्ष्यसहित सूचना प्रविधिमैत्री बनाउन सबै वडा कार्यालयहरुमा कम्युटर, प्रिन्टर, स्क्यानर र वाइफाईको ब्यबस्था गरिएको अधिकृत पाैडेलले जनाकारी दिनु भयाे । गाउँपालिकाका सबै वडाहरुमा यसअघि नै ईलेक्ट्राेनिक हाजिरी जडान गरिसकेको छ ।

यस इन्द्रावती गाउँपालिकाकाे आफ्नै भवन छिटैनिर्माण संम्मपन्न हुने अवश्थामा छ। छ कराेड ५१ लाखमा निर्माण इन्द्रावती गाउँपालिकाकाे आफ्नै भवन बन्दै छ। अबकाे १/२ महिनामा गाउपालिकाकाे आफ्नै भवन सुभारंभ हुने छ। विकास निर्मार्णमा यस गाउपालिकाले खानेपानी आयाेजना कुल बजेट ३४ कराेडकाे काम सुरु गरेकाे छ। एक घर/ एब धारा अभियान चलाएकाे छ।

यस पालिका क्षेत्रमा सडक निर्माणकाे कामले पनि गति लिएकाे छ। करीब दुई किलाेमिटर ढुङ्गा साेलिङ्गकाे काम संमपन्न भएकाे छ। याे बर्षकाे अन्तःसम्म कालाे पत्रे गर्ने याेजनामा रहेकाे छ। खेलकुद स्थल, पार्क निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि निकै सुधारका साथ भैतिक पुर्वधार तयार गरेका छाैं। अन्य पालिकाकाे तुलनामा यस इन्द्रावती गाउँपालिकाले फट्काे मारेकाे दख्न सकिन्छ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.