Advertisement

राप्तीमा चैत्र २० गते देखी हत्तिपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी

0 600

Advertisement

तिर्थराज ज्ञवाली

०५ चैत्र, मसुरीया (देउखुरी दाङ) ।
राप्ती गाउँपालिकामा आगामी चैत्र २० गते देखी हत्तिपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ ।
हत्तिपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी स्वरुप पालिका स्तरिय योजना तर्जुमा गोष्ठी गरिएको छ ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाका नारायण राउतका अनुसार विगत वर्ष जस्तै यस वर्ष पनी नागरिकलाई हत्तिपाइले रोग बाट बचाउन औषधि खुवाउन थालिएको हो ।

गत वर्ष राप्ती गाउँपाकिामा ७६.१८ प्रतिशतलाई हत्तिपाइले रोगविरुद्ध औषधि खुवाउने कार्य गरिएपनि सोचे अनुसारको उपलब्धि हासील गर्न नसकिएकोले यस वर्ष हर प्रकारले सफलहुन योजना तर्जुमा गोष्ठी गरिएको हो

राप्ती गाउँपालिकाका ३३ हजार २ सय ९३ जनालाई औषधि खुवाई ३ सय २२ जनामा किटाणुहरू को सङ्क्रमण चेक गर्दा ९ प्रतिशत अर्थात २३ जनामा यो हत्तिपाइले रोगका किटाणु देखीएकोले सो दर न्युन गर्न सरोकारवालाहरु विच गोष्ठी गरिएको हो ।

सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ठ आथित्यतामा भएको गोष्ठीमा आगामी २० गतेदेखी सुरुहुने औषधि खुवाउने कार्यक्रम जनप्रतिनिधि र कर्मचारीबाट सुरु गरिने बताईएको छ ।

१० वर्ष देखी निरन्तर खुवाउदै आएको हत्तिपाइले रोगविरुद्ध औषधि यस पटक ११ औ पटक खुवाईदै छ । हत्तिपाइले रोग रेशा जस्ता किटाणुहरू को सङ्क्रमण वाट यो रोग लाग्छ । यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो परजीवी ¥याल ग्रन्थी लिम्फ नोडमा हुन्छ ।

क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट सर्ने यो रोग शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने भएकोले हात्तीपाइले रोग भनेर चिनिन्छ

लामखुट्टेको टोकाइबाट सर्ने रोग विभिन्न खालका छन् तापनि हात्तीपाइले रोग भने नसर्ने रोग हो । यसले मानिसको तुरुन्तै मृत्यु भने हुँदैन । तापनि यस रोगले भेटेपछि उपचार भने नहुने भएकाले मानिसलाई जीवनभर भद्धा शरीर लिएर बाँच्नुपर्ने बनाउछ ।

मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यस रोगलाई सुरुको अवस्थाबाटै नियन्त्रणमा ल्याउनु नै यसको नियन्त्रण भएकाले शरीरमा देखापर्नुभन्दा पहिले नै उपचार हुनु नै उत्तम विकल्प भएकाले औषधि सेवन नै यसको मुख्य उपाय हो ।

लामखुट्टेले राति रोगीलाई टोक्दा रगतसँगै सूक्ष्म फाइलेरिया त्यसको पेटमा जान्छ । लामखुट्टेको पेटमा विकसित भएर यो परजीवी मुखको

याल ग्रन्थीमा जम्मा हुन्छ । विशेषज्ञहरूका अनुसार हात्तीपाइले जुनसुकै उमेरमा हुन सक्छ । तर, अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसी को तथ्यपत्र अनुसार दुई वर्षसम्मका बालबालिकामा भने यो रोग प्रायः देखिँदैन । यस्तै, महिलाको दाँजोमा पुरुषलाई रोग हुने सम्भावना बढी हुन्छ । संक्रमणको ४ देखि १६ महिनापछि शरीरमा रोगको लक्षण देखिन्छ । तर, रोगको स्वरूप फरक–फरक हुन सक्छ ।

सिडिसीका अनुसार फाइलेरिया संक्रमित अनेक व्यक्ति जीवनभर पूर्ण् स्वस्थ हुन्छन्, तर तिनले अरूलाई सहजै यो रोग सार्न सक्छन् । विषेशग्य का अनुसार केही रोगीमा भने फाइलेरिया परजीवी लिम्फ नोडमै रहिरहन्छन्, रगतमा आउँदैनन् । अन्यमा भने रगतमा राति निस्किने गर्छन्, यसबाट लिम्फ ग्रन्थीमा गाँठो हुनुका साथै त्यो सुन्निन समेत सक्छ ।

हात्तीपाइले भारतीय उपमहाद्वीपको धेरै पुरानो रोग हो । यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी करिव छवर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो परजीबी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्न सक्ने गोष्ठीमा जानकारी गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.