Advertisement

देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको तेस्रो दिन

0 472

Advertisement

०५ चैत, काठमाडौं । देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको तेस्रो दिन पुरुष टिम इभेन्ट्सको सेमी फाइनल तथा पुरुष एकल र महिला एकलका विभिन्न चरणका खेलहरु सम्पन्न भए ।

आज भएको पुरुष टिम इभेन्ट्सको पहिलो सेमी फाइनलमा धरान उपमहानगरपालिका वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाइ३-२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेस गर्यो र दोस्रो सेमी फाइनलमा बिराटनगर महानगरपालिका वडा नं ३ ले धरान उपमहानगर १२ लाइ ३-१ को सेट मा पराजित गरि फाइनल प्रवेश गरेको छ।

आजै भएको महिला एकलका विभिन्न चरणका खेलहरुमा जित हासिल गर्दै भक्तपुर नगरपालिका वडा नं १ बाट दिया देउला, वडा नं २ बाट प्रदिपा सुवाल र क्यारिना सुवाल त्यसैगरि सोहि पालिकाको वडा नं ५ बाट नर्मदा खाइतु , नुवाकोट बाट बिनु तामांग , धरान उपमहानगर वडा नं १० बाट अन्जली ठाकुर , पर्बत नगरपालिका वडा नं ३ बाट प्रकृति राना , गोदावरी नगरपालिका १ बाट प्रनिका कुँवर र सोहि पालिकाको वडा नं ९ बाट सतिश्मा थापा, ललितपुर महानगर वडा नं १२ बाट इभाना थापा, बुटवल उपमहानगर वडा नं ८ बाट गीता अर्याल, काठमाडौँ महानगरपालिका वडा नं २ बाट सुभश्री श्रेष्ठ र सोहि पालिकाको वडा नं १७ बाट अस्मिता मानन्धर, झापा गाउपालिका वडा नं ६ बाट अनुष्का प्रसाई , नवलपरासी वडा नं १ बाट योंग्गी पौडेल र संखुवाशभा वडा नं ४ बाट बिएन्का राइ, महिला एकलको प्रि-क्वाटर फाइनलमा प्रवेस गर्न सफल हुनु भएको छ। त्यसैगरि आज पुरुष एकलको दोस्रो चरणका खेलहरु पनि सम्पन्न भए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.