नबिल बैंकको व्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशत ब्याजदर
०५ चैत, काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । बैंकले आफ्नो व्यक्तिगत मुद्दति खाताको व्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ ।

जुन ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ । यस व्याजदरका साथ बैंकले व्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ ।