Advertisement

तिनाउ मिशन डेभलपमेन्ट बैंक सिटिजन्समा गभिँदै, केहीदिनमै एकिकृत कारोबार

0 1,031

Advertisement

०५ चैत, काठमाडौं । तिनाउ मिशन डेभलपमेन्ट बैंक सिटिजन्स बैंकमा गभिँने भएको छ । नेपाल राष्ट्र बैंकले उक्त बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो ।

अन्तिम स्वीकृति दिएको दिनदेखि १ महिना भित्र एकिकृत कारोबार गर्न यी बैंकहरुलाई निर्देशन दिइएको छ । जसअनुसार सिटिजन्स बैंक र तिनाउ मिसनले बैशाख ४ गतेभित्र एकिकृत कारोबार गरिसक्नु पर्नेछ ।

यी बैंकहरु गत काक्तिकमा नै प्राप्तिको सम्झौता गरी राष्ट्र बैंकमा अन्तिम स्वीकृतिको पाइपलाइनमा थिए । एकिकृतमा सिजिटन्सको सेयर स्वाप रेसीयो १०० र तिनाउ मिसनको ९६ हुनेछ ।

प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.