Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

माधव नेपालसहितका नेतालाई कारवाहीको प्रक्रिया अघि बढाउने !

0 269

०५ चैत्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेतालाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

आफूले राष्ट्रिय भेला नगर्न आग्रह गर्दागर्दै पनि गरेर पार्टीमा चरम गुटबन्दी गराएको भन्दै उनले प्रक्रियाअनुसार कारवाही गर्ने चेतावनी दिएका हुन् ।

अनौपचारिक कुराकानीमा ओली निकट एक नेताले भने, “हामीले कारवाही गर्नैपर्दैन । नियम कानुनअनुसार कारवाही हुन्छ ।”

Subscribe to our newsletter

त्यो भनेको सांसदबाट हटाउने हो भन्ने जिज्ञासामा उनले नियम कानुनमा भएको व्यवस्थाअनुसार हुने घुमाउरो जवाफ दिए ।

ओलीले आजै ११ बजे संसदीय दलको बैठक बोलाएका छन् । जनप्रतिनिधिलाई कारवाही गर्न सकिने भए पनि प्रक्रिया भने केही लम्बिदो छ ।

संसदीय दलको ह्विप उल्लंघन गरेमा केन्द्रीय कमिटीको बहुमतले मात्रै जनप्रतिनिधिलाई कारवाही गर्न सकिने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

“राष्ट्रिय भेलामा उपस्थित सबैलाई कारवाही गर्ने भन्ने हुँदैन,” ती नेताले भने, “तर जसले नेतृत्व गरेको छ । जसले बोलाएको छ, उसलाई नियमअनुसार कारवाही हुन्छ ।”



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.