Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सत्ता समीकरणको खेल निर्णायक मोडमा, सत्ता स्वार्थले जसपा गम्भीर संकटमा

0 990

०५ चैत, काठमाडौं । सत्ता समीकरणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) आफैं अनिर्णयको बन्दीमा छ ।

पार्टीभित्र स्पष्ट दुई धार बनेपछि फुटको सम्भावना बलियो बनेको नेताहरुको विश्लेषण छ । पूर्व संघीय समाजवादी पार्टीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विस्थापन चाहन्छ भने पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु आफ्ना माग जसले पूरा गरेपनि साथ दिनुपर्ने अडानमा छ । अर्थात ओली नै आफ्ना माग सहज पूरा गराउने माध्याम बन्न सक्ने यो समूहको बुझाइछ ।

राजपा पृष्ठभूमिका नेताहरु प्रधानमन्त्री ओली पक्षसँग सघन वार्तामा छन् । यो दुईधारले जसपालाई फुटतर्फ धकेल्ने आंकलनहरु सुरु भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिए उनी अल्पमतमा पर्ने छन् ।

Subscribe to our newsletter

उनले संसदबाट पुनः विश्वासको मत लिनुपर्छ । हाल माधवकुमार नेपाल समूहको समेत साथै रहने हो भने एमालेसँग १ सय २० मत रहेको छ । यही अवस्थामा ओलीलाई विश्वासको मत लिन अर्थात बहुमत पु¥याउँन अरु दलको साथ आवश्यक रहन्छ ।

कूल २७५ सांसद संख्या गणना गर्दा बहुमतका १ सय ३८ सांसद आवश्यक पर्छ । तर, चार जना सांसद निलम्बित र एक जनाको मृत्यु भएका कारण कूल सांसद संख्या २७० रहन्छ । यस्तो अवस्थामा बहुमतका लागि १ सय ३६ मत आवश्यक हुन्छ । त्यसका लागि प्रधानमन्त्री ओलीले जसपाको साथ लिनुपर्छ ।

जसपासँग अहिले ३२ सांसद रहेका छन् । एमालेको १ सय २० मा जसपाका ३२ सांसद जोड्दा १ सय ५२ सांसद हुन्छन् । जसले गर्दा ओलीसँग बहुमत रहन्छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएकै अवस्थामा ओलीले पुनः समर्थन पाउँदैनन्, कांग्रेस आफैं सरकारको नेतृत्व दाबी गरिरहेको अवस्थामा एमालेलाई साथ दिन्छ भन्ने सम्भावना पनि कम हुने भएकाले जसपा मात्र ओलीका लागि उपयुक्त हुन्छ ।

तर, त्यो पनि एमाले सग्लो भएको अवस्थामा मात्र ओलीको आगामी सत्तायात्रा सम्भव रहन्छ । यहाँ नजिक एमालेभित्रैको ओलीलाई साथ रहने सम्भावना पनि निकै कम रहेकाले जसपा मात्रले सरकार जोगिदैन ।

अर्कोतर्फ कांग्रेसको नेतृत्वमा सरकार बन्ने बहस पनि सुरु भएको छ । ओलीलाई भन्दा कांग्रेसलाई सत्ता समिकरण बनाउन माओवादी केन्द्र र जसपा नै आवश्यक पर्छ । कांग्रेससँग हाल ६१ सांसद रहेका छन् । त्यसमा माओवादी केन्द्रका कूल सांसद ५३ मध्ये तीन जना एमालेमा प्रवेश गरेकाले त्यो संख्या घटाउँदा ५० रहन्छ ।

कांग्रेस र माओवादी केन्द्रको सांसद संख्या जोड्दा १ सय ११ मात्र हुन्छ, त्यसका लागि जसपालाई साथमा ल्याउने पर्छ । जसपाको ३२ जोड्दा १ सय ४३ सांसद रहन्छन् । यदि जसपाको दुई धार फुटको अवस्थामा पुगे, पूर्वराजपासँग १७ सांसद छन् ।

उनीहरुले साथ दिएनन् भने १ सय २६ सांसद मात्र रहन्छन् । त्यसो हुँदा कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था रहँदैन । उता, ओलीका लागि जसपा फुटेर पूर्वराजपाले मात्र साथ दिंदा ओलीसँग १ सय ३७ मत रहन्छ । त्यसो हुँदा उनको सरकारले निरन्तरता पाउँछ । तर, उनलाई माधव–झलनाथ समूहले पनि साथ दिनुपर्छ ।

नत्र ओलीले पनि विश्वासको मत पाउँदैनन् । यस्तो अवस्थामा कसैको पनि बहुमत नपुग्ने भएकाले मुलुक संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर त्यसको ६ महिनाभित्र नयाँ निर्वाचनमा जाने विकल्प रहन्छ । एमाले र जसपा फुटेको अवस्थामा मुलुकको राजनीति पुनः मध्यावधि निर्वाचनतर्फ जानेछ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.