Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारतमा २४ घण्टामा थपिए यो वर्षकै धेरै संक्रमित

0 254

०५ चैत्र, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ को धेरै हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १४ लाख ७३ हजार ९५६ पुगेको छ ।

Subscribe to our newsletter

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १७० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार २४९ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ६० हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ५३ हजार ७४६ छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.