चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

0 328

०५ चैत्र, काठमाडौँ । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो ।

चेल्सी समग्रमा ३-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।

यससँगै चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि चेल्सी सन् २०१३/१४ मा क्वाटरफाइनलमा पुगेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.