Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भ्याक्सिन अभाव भएपछि अभियान नै स्थगित

0 368

०५ चैत, काठमाण्डौ । कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने भएको छ । चैत्र ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मुनिका नागरिकलाई खोप दिने योजना थियो । सरकारले भारतलाई अग्रिम भुक्तानी गरेको मध्येको आधा मात्रै खोप आएकाले हाललाई अभियान स्थगित गरेको हो ।

कोभ्याक्स सुविधा मार्फतको खोप पनि लक्ष्यअनुसार नआउँदा अभियान स्थगित भएको हो । भारतको सिरम इन्स्टिच्युटबाट खरिद गर्नका लागि अग्रिम भुक्तानी भइसकेको १० लाख डोज खोपसमेत सिरमले उपलब्ध गराउन नसक्ने भएपछि नेपाल समस्यामा परेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

शुरुमा खोपप्रति शंका उब्जिदा खोप लगाउन आकर्षण कम देखिएपनि दोस्रो चरणको अभियानमा जेष्ठ नागरिकको उत्साहपूर्ण सहभागिता थियो । खोप प्रतिको आकर्षण बढदै गएका बेला अभियान नै स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

Subscribe to our newsletter

खोप अभियानलाई निरन्तरता दिने भन्दै ५० लाख डोज खोप खरिद गर्ने तयारी गरीरहे पनि ठोस प्रकृया अघि बढन नसकेको प्रवक्ता अधिकारीको भनाई छ । त्यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्समार्फत पनि नेपालले तत्काल खोप पाउने सम्भावना नभएको अधिकारी बताउँछन् ।

सरकारले फागुन २३ गतेदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारबाट सकिएको छ । माघ १४ गतेदेखि सुरु भएको खोप अभियानमा चैत ३ गतेसम्म चलेको थियो । हालसम्म १६ लाख ४४ हजार ५ सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । सरकारले खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको १० हप्तापछि देखि १२ हप्ताको बीचमा दिने योजना बनाएको छ । तर खोप नै अभाव हुने भएपछि दोस्रो मात्रा पनि अनिश्चित बनेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.