लहान अस्पतालमा एम्बुलेन्स आएको झन्डै दुई महिना पुग्दा पनि संचालनमा आएन

0 460

महेश सिंह

०४ चैत, सिरहा लहान ।
सिरहाको लहान अस्पतालमा एम्बुलेन्स संचालनमा न आएपछि स्थानीय सेवा ग्राहिलाई सास्ती खेपनु परेको छ।समाजिक बिकास मन्त्रालय प्रदेश २ ले झण्डै दुई महिना अगाडी नै एम्बुलेन्स र सब बहान राम कुमार उमा प्रसाद स्मार्क अस्पताल लहान लाई पठाएका छन्।

स्थानीय सेवा ग्राहिलाई सहजै सेवा प्रदान होस भन्ने मन्त्रालयले अस्पताल लाई एम्बुलेन्स र सब बहान दिएका हुन ।करिब ४० बर्ष अगाडि देखि अस्पताल संचालनमा रहेका छन्।अस्पतालको पुर्व मेसु डाक्टर शुलिल प्रसाद कुशवाहा ले कार्यरत रहदा एम्बुलेन्स र सब बहान को प्रकृया अगाडि बढाई मन्त्रालय संग एम्बुलेनस र सबबहान गाडी माग गरेका थिए।

मेसु कुशवाहा ले मागको प्रकृया अगाडि बढाको केहि महिना लगत्तै डाक्टर कुशवाहा लाई कलैया अस्पतालमा सरुवा भएको थियोे। सरुवा भएको एक महिना न बित्दै मन्त्रालयले एम्बुलेन्स र सब बहान पठाएका छन्।डाक्टर कुशवाहा लाई सरुवा भए लगत्तै अर्को मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डल ले कलैया अस्पतालबाट सरुवा भई लहान अस्पतालमा आएका थिए।

नयाँ मेसु र नयाँ अस्पताल बिकास समितिका अध्यक्ष रोहित महतो लगायतका सदस्यहरुलाई अस्पतालको अझ प्रभाव कारी,सेवा सुधार र अस्पताल बिकासको र अस्पतालको स्तर उन्ती राम्रो, ब्यबस्थापन को लागी पठाएका छन् तर जस्ट उल्टो भएको स्थानीय को आरोप रहेको छ। बिकास के हुनु पहिला भन्दा पनि अस्पतालको अवस्था खसकिएको र जर्जर अबस्थामा पुगेका छन् ।

अस्पतालको मेसु लगायत बिकास समितिका अध्यक्ष, सदस्य अस्पताल बाट सेवा सुबिधा मात्र लिने गरेको काम केहि नै देखिएको छैन। तर अस्पताल बिकासमा केहि चासो नै रहेन छ ।एम्बुलेन्स र सब बहान संचालन न हुँदा बाहिरी एम्बुलेन्सहरुले फाईदा लिने गरेको स्थानीयको भनाई छ ।अस्पतालमा राम्रो ब्यबस्थापन न हुँदा नर्मल बिरामिहरुलाई लहानका अधिकान्स निजि अस्पताल र बिराटनगरका अस्पतालमा बिरामी पाठाउनु पर्ने बाध्यता रहेका अस्पतालका एक स्वास्थ्य कर्मिले बताए ।

अहिले अस्पतालको अबस्था निकै नि खसकिएको अबस्था रहेको छ । स्वास्थ जस्तो संबेदनसिल संस्थामा यस्तो घिन लाग्दो क्रियाकलापहरु हेर्दा स्थानीयहरुको मन खिन हुने गरेको छ। यता मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डलका अनुसार एम्बुलेन्स र सब बहान त मन्त्रालयले पठाईयो तर गाडीमा काम बाकी नै रहेको छ, त्यो काम को लागि गाडीलाई गाईरेजमा पठाको छु।र अस्पतालमा केहि कर्माचारी पद पुर्ति र एम्बुलेन्स र सब बहान चालकका पद पुर्तिका लागि बिज्ञापन गरेको छु छिटै नै संचालनमा ल्याउने बताउनु भयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.