Advertisement

‘प्रहरी मेरो साथी’ नै माफिया भैदिए, माफिया हुनुमा दाेसी काे?

0 482

Advertisement

०४ चैत, काठमाडौं । नेपाल प्रहरी नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलापमा ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ र जस्ताे सुकै आपत बिपतमा नेपाल प्रहरी कै ठुलाे साथ सहयाेग हुन्छ। भनिन्छ समाजमा बाबु-नानीले खाना खाएन्न भने “पुलिस बाेलाइदिउ” अनि तिनै बाबु-नानीले खाना मज्जाले खान्छन्। हाे, समाजमा “नेपाल प्रहरी” ले पाएकाे यति धरै मायाँ अनि विश्वास भने नेपाल प्रहरीकाे नाममा केहि प्रहरीद्वारा प्रश्न चिन्न खडा गरिदिएका छन्।

नेपाली समाज नै मुख्य कार्यथलो रहेको प्रहरीको समाजमा शान्ति सुव्यवस्था कायम गर्नु नै प्रमुख दायित्व हो । देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य हो ।

समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउनु अभियानको लक्ष्य रहेको छ । नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो ।

नेपाल प्रहरीकाे राम्राे तलब भत्ता र सुविधा न भएका कारण हाेला, कहिले काहि नेपाल प्रहरी पनि लाेप र लालचमा फसेकाे पाइन्छ। नाम नबताउने शर्तमा एक प्रहरी जवानले “खाेज पत्रकारीता केन्द्र निगरानी” हाम्राे टिमलाई भनेका थिए, सर जाबाे, यति तलबले महिनामा खानै पुग्दैन भनेका थिए। यस प्रश्नबाट प्रष्ट के हुन्छ भने, तस्कर सँगकाे मिलेमताे नगरी चलन नसकिने शन्देश दिन्छ।

त्यस्तै एक घट्ना हाे,
महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्र.ह. तारा कुमारी श्रेष्ठकाे। भन्सारबाट चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरी प्रहरी बृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी आश्वासन दिएकि थिइन्।

साे सेवाग्राहीसँग खुलेआम पैसाका कुरा गरे पछि सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालकाे टोलीले निज तारा कुमारी श्रेष्ठलाई एघार लाख रुपैया Old Town Café and Pub Restaurant Chabahil का संचालक अनिस जोशीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित दुवैजनालाई पक्राउ गरेका थिए।

प्र.ह. तारा कुमारी श्रेष्ठलाई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.