Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सामाजिक सञ्जालको बिकृतिः अमेरिकाको नागरिक हु भन्दै ठगी गर्ने पक्राउ

0 433

०४ चैत, ललितपुर । सामाजिक सञ्जाल फेसबुक, वाट्स एप, ई-सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-३ बस्ने सिरहा लाहान घर भएका २३ वर्षीय रन्जित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी बिश्वास दिलाई पीडितहरुलाई बिभिन्न ईलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.