Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ

0 336

०४ चैत, काठमाडौं । दोहोरो नागरिकता बनाई दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बाग्लुङ गलकोट नगरपालिका-२ घर भएका कमल थापा, कमल सुनुवार भन्ने ३७ वर्षीय कमल सुनारलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता जारी गराई कमल थापाको नामबाट विभिन्न सरकारी निकायहरूमा पेश गरी दुरूपयोग गरी सेवा समेत लिएको तथा पुन: काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०७४ माघ २४ गते कमल सुनुवारको नाममा नागरिकता जारी भएको अनुसन्धानको क्रममा खुल्न आएपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


साथै उनको साथबाट जिल्ला प्रशासन कार्यालयको वाग्लुङवाट जारी भएको कमल सुनार नामको ना.प्र.नं. ३८४२/३७८ को सक्कल नागरिकताको प्रमाणपत्र १ थान, कमल सुनुवारको नामको ना.प्र.नं. २७-०१-७४-१४२५२ को जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको सक्कल नागरिकताको प्रमाणपत्र १ थान, कमल सुनुवारको राहदानी नम्बर १०७७१८०४ को सक्कल राहदानी १ थान, १ थान मोबाइल, कमल सुनुवारको नामको जन्म दर्ताको सक्कल प्रमाणपत्र १ थान, काठमाडौं महानगरपालिका कार्यालयबाट जारी भएको कमल सुनुवार समेतको नाता प्रमाणितको सक्कल प्रमाणपत्र १ थान, काठमाडौं महानगरपालिका कार्यालयबाट जारी कमल सुनुवार समेतको भएको रिलेसन सर्टिफिकेट सक्कल प्रमाण पत्र १ थान लगायत विभिन्न कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

Subscribe to our newsletter


उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.