Advertisement

राप्ती गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्यको सुरुवात

0 415

Advertisement

तिर्थराज ज्ञवाली
चैत्र ४, मसुरीया(देउखुरी दाङ) ।
राप्ती गाउँपालिकाले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको छ ।


राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालका अनुसार भुमि सम्बन्धी समाधान आयोगले फागुन १८ गते राष्ट्रिय दैनिकमा भुमिहीन दलित, भुमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासीको लगत संकलन कार्यको लागि ३५ दिने सुचना प्रकाशन गरेकोले आयोगको कार्यविधि अनुसारको भुमिहीन दलित, भुमिहीन सुकुम्बासी हरुलाई फारम भर्ने नियमानुसार आवस्यक कागजात बारे जानकारी गराउन सजग गराईएको हो ।


अव्यवस्थित बसोबासीले आ–आफ्नो वडा कार्यालय मार्फत वा कार्यक्षेत्रमा खटिने लगत संकलन मार्फत आयोगको ढाँचा अनुसार निवेदन फारम भरी सुचना प्रकाशन भएको मितिले २० दिन भित्र वडा कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरिएको छ ।


यस अघि ऐलानी जग्गा अभिलेखीकरण कार्यको लागि निवेदन दिनुभएको र नाप जाँच भईसकेकोले पनि निवेदन पेश गर्नुपर्ने बताईएको छ ।
गाउँपालिकाले प्रकाशन गरेको जानकारी अनुसार भुमिहीन दलित, भुमिहीन सुकुम्बासीकोे हकमा परिवारमुली र नागरिकता प्राप्त परिवारका अन्य सदस्यको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलीपी हुनुपर्ने, परिवारमुली र परिवारमुली पति र पत्नीको हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रतिका दरले आवस्यक पर्ने, नेपाल राज्यभित्र आफ्नो र आफ्नो परिवारका कुनै पनि सदस्यको स्वामित्वमा कतै पनि जग्गा जमिन छैन, झुठा ठहरे कानुन बमोजिम सहन बुझाउन मञ्जुर छु भनी गरेको स्वयं घोषणा आवस्यक पर्ने जानकारी दिईएको छ ।


आफ्नो र आफ्नो परिवारका कुनै पनि सदस्यको आय आर्जन, स्रोत र प्रयासबाट जग्गा प्रबन्ध गर्न असमर्थ छु भनी गरेको स्वयं घोषणा, सरकारी अनुदान वा सहयोगबाट यस अघि नेपाल राज्यभर कुनै पनि सरकारी जग्गा वा जग्गाको स्वामित्व सहितको आवास प्राप्त गरेको छैन भनी गरेको स्वयं घोषणा, जग्गाधनी पूर्जा भएको तर नदी कटान, पहिरो, डुबान वा अन्य प्राकृतिक विपद्का कारणले आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा रहेको सबै जग्गा प्रयोगमा आउने सम्भावना पनि नभएको हकमा त्यस्तो जग्गाको हकभोग नेपाल सरकारको नाममा कायम गरेको लगत कट्टा समितिको निर्णय र मालमोत कार्यालयको पत्र, वडा समितिको बैठकबाट निज भूमिहिन सुकुम्बासी हो भनी गरेको निर्णय, उपभोगको प्रमाण सम्बन्धी अन्य कागजातहरु भए सोको प्रमाणित प्रतिलिपी आवस्यक पर्ने बताईएको छ ।


अव्यवस्थित बसोबासको हकमा फारम भर्न अव्यवस्थित बसोबासीले परिवारमुली र नागरिकता प्राप्त परिवारका अन्य सदस्यको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलीपी अनिवार्य, परिवारमुली र परिवारमुली पति र पत्नीको हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रतिका दरले, उपभोगको प्रमाण सम्बन्धी कागजातको प्रतिलिपी जस्तै घरसार कागजको प्रतिलिपी, बसाईसराईको प्रतिलिपी, मतदाता परिचयपत्र, विद्युत पानीको महसुल बुझाएको प्रमाण, स्थानीय तहले दिएको सिफारिस, घर नक्सापासको प्रतिलिपी, स्थानीय तहले घरधुरीकायम गरी कर संकलन गरेको प्रमाण आदी उपलब्ध भए सम्म पेश गर्नु पर्ने राप्ती गाउँपालिकाले जानकारी दिएको छ ।


आफु र परिवारका सबै सदस्यको नाममा अन्यत्र रहेको सबै जग्गाको पूर्जाको प्रतिलिपी र सम्बन्धित स्थानिय तहले सम्पत्ति कर प्रयोजनको लागि निर्धारण गरेको मुल्याङ्कन सम्बन्धी स्थानीय तहको रसिद वा पत्र, भुमि सम्बन्धी ऐन, २०२१ को आठौं संशोधन जारी भएको मिति २०७६ माघ २८ गते भन्दा १० वर्ष अघिबाट निज बसोबास गरी आएको जग्गा आवाद कमोत भई आएको हो भनी वडा समितिले गरेको निर्णय र सिफारिस, अव्यवस्थित बसोबासीले आफ्नो वा आफ्नो परिवारका सदस्यले सरकारी अनुदान वा सहयोगबाट ऐनको दफा ५२ ग, बमोजिम नेपाल राज्यभर कुनैपनि सरकारी जग्गा वा जग्गाको स्वामित्व सहितको आवास प्राप्त गरेको छैन भनि गरेको स्वयं घोषणा, वडा समितिको बैठकबाट निज अव्यवस्थित बसोबासी हो भनी गरेको निर्णय र सिफारिस, उपभोगको प्रमाण सम्बन्धी अन्य कागजातहरु भए सोको प्रमाणित प्रतिलिपी पेश गर्नु पर्ने नागरिकमा जानकारी गएिको छ ।

3 Attachments



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.