Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आजको खेलकुद गतिविधी

0 419

वडा ५ लाई स्वर्ण
०४ चैत,काठाडौं । भक्तपुर नगरपालिका वडा ५ ले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा मंगलबार स्वर्ण जितेको छ ।


स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा २ ले भक्तपुर नगरपालिकाको वडा २ लाई ३–२ ले पराजित ग¥यो । काठमाडौं महानगरपालिका वडा २ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेश्रो भए ।


लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्ट्समा ललितपुर महानगरपालिका वडा १९ले सोही नगरपालिका वडा ८ लाई ३–२, धरान उपमहानगरपालिका वडा ९ ले ललितपुर वडा ७ लाई ३–१, धरान वडा १२ ले भक्तपुर वडा ५ लाई ३–२ तथा विराटनगर महानगरपालिका वडा ३ ले ललितपुर वडा १२ लाई ३–१ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

Subscribe to our newsletter




मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.