बुधबार सुनको मूल्य वृद्धि हुँदा चाँदी भने घटेकाे छ
०४ चैत, काठमाडौं । लगातार दुई दिन स्थिर रहेको सुनको भाउ वृद्धि भएको छ । फागुन ४ गते बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । यसैगरी आज तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा किनबेच हुँदैछ ।
आइतबार यता सुन एकै मूल्यमा कारोबार भइरहेको थियो । सुन लगातार तीन दिन प्रतितोला ८६ हजार ६०० रुपैयाँ कायम रहेको थियो ।
यस्तै निरन्तर दुई दिनसम्म बढोत्तरी भएको चाँदीको भाउ बुधबार भने सामान्य रुपमा गिरावट भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २८० रुपैयाँमा किनबेच भएको थियो ।