Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हेलम्बुको पर्यटन प्रबर्द्धनका लागि प्रथम हेलम्बु होलि धमाका तथा सांस्कृतिक कार्यक्रमकाे आयोजना

0 750

०४ चैत, सिन्धुपालचाेक । फागु पूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लाशका साथ मनाउने गरिन्छ । नेपालमा यो पर्व धुमधाम गरी, अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ। होलीको अघिल्लो साझ नेपालको वसन्तपुर दरवार अगाडि ‘होलिका दहन’ गरेर यस चाडको सुरुवात गरिन्छ।

हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद)लाई मार्न अग्निमा आसन गर्दा होलिका आँफै जलेर नष्ट भएको र असत्य माथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ।

हिन्दू धर्म मान्नेहरुको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराईमा होली मनाइन्छ ।

होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि नभित्र्याएको पनि कहाँ हो र ? होलीमा आजका युवाहरु इच्छा बिपरित रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मान्न सकिदैन । नेपालका मुख्य शहरहरुमा होलीका लागि भनेर विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ।

Subscribe to our newsletter

त्यस्तै, सिन्धुपालचाेककाे हेलम्बु गाउपालिका युवाहरुद्वारा होलीको अबसर पारेर “हेलम्बु युवा समाज” ले हेलम्बुको पर्यटन प्रबर्द्धनका लागि प्रथम हेलम्बु होलि धमाका तथा सांस्कृतिक कार्यक्रमकाे आयोजना गर्दैछ। कार्यक्रमलाई सफल बनाउन सबैलाइ सहयोग गर्दिनु हुन क्लब हर्दिक अपिल सबैमा गरेकाे छ। हेलम्बु युवा समाज क्लबा मैदान (रातोपुल चनौटे) कार्यक्रम राखेकाे छ।

पर्यटन बिकासका युवा अभियान प्रचार-प्रसार बिभाग प्रमुखः ध्रुर्ब श्रेष्ठले भने;
यस प्रथम हेलम्बु होलि धमाका तथा सांस्कृतिक कार्यक्रमले हेलम्बु पर्यटनलाई टेवा पुर्याउने उद्देश्य र युवा जागर्णकाे ज्वालन्त उदाहाण पनि हाे।हामीमा परिवर्तकाे केहि साेच र सपना छ । हामी पुरा गर्छाैं र सबै हामी भराेसा दिलाउन चाहान्छाैं । याे हाम्राे प्रथम हेलम्बु होलि धमाका तथा सांस्कृतिक कार्यक्रममा सबैले साथ दिनु हुनेछ ।

विशेष सांस्कृतिक कार्यक्रमहरु र त्यसमाथि रङहरुको बर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । नेपालका गाँउहरुमा पनि होली भब्यताका साथ मनाइन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.