Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै

0 416


०४ चैत, काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ मा रहेका प्लानिङ र चर्च ब्वाइजबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।

Subscribe to our newsletter

दोस्रो खेलमा विरगंज युथ एकेडेमी र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ को विरगंज र झापाबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।

यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.