सनराइज ब्लुचिप फन्डको आधा एकाइ दुई दिनमै बिक्यो, बुधबारसम्म किन्न पाइने

0 841

०३ चैत, काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लुचिप फन्डको आधाभन्दा बढी एकाइ दुई दिनमै बिक्री भएको छ । बिक्री खुलेको दोस्रो दिन नै कुल एकाइको ५०.६ प्रतिशत बिक्री भइसकेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार आवेदकले आवेदन दिएका छन् । मंगलबार भएको बिक्रीको रेकर्ड भने आउनै बाँकी छ ।

क्यापिटलले १ चैत (आइतबार) देखि प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड एकाइ बिक्रीमा ल्याएको हो । फन्डको १५ प्रतिशत एकाइ कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी ८५ प्रतिशत एकाइ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । फन्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड एकाइका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

एकाइ खरिदका लागि आवेदन दिन सकिने मिति छिटोमा ४ चैत (बुधबार) का लागि तय गरिएको छ । बुधबारसम्म सम्पूर्ण एकाइका लागि आवेदन नपरेमा मात्र आवेदनको म्याद थपिनेछ, जुन सम्भावना न्यून देखिएको छ ।

यो योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ छ, अर्थात् कोष प्रवर्धकले फन्ड सञ्चालनमा आएपश्चात् आफ्ना एकाइधनीलाई प्रतिवर्ष २२.३८ प्रतिशत लाभांश दिन सक्ने प्रक्षेपण गरेको छ । उच्च प्रतिफलको प्रक्षेपण गरिएकाले पनि फन्डको एकाइमा ढुक्क भएर लगानी गर्न सकिने विश्वास क्यापिटलले दिलाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.