सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी

0 758

०३ चैत, काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा रामकुमार गिरी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले सोमबार (२ चैत ०७७) देखि लागू हुने गरी गिरीलाई नियुक्त गरेको हो ।

गिरीसित नेपाल बंगलादेश बैंक, सनराइज बैंकलगायतमा गरी करिब २१ वर्ष काम गरेको बैंकिङ अनुभव छ । यसअघि उनले कम्युनिटी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा गरी काम गरिसकेका छन् । गिरीको योग्यता तथा कार्यअनुभवले संस्थालाई अझ प्रगति तथा उच्च स्थानमा पुर्‍याउने अपेक्षा लिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल बैंकमा कर्मचारी सञ्चय कोषलगायत सिन्धु बैंककै पूर्व प्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र व्यावसायिक व्यक्तित्वको सञ्चालक समिति रहेको छ । बैंकले न्यूनतम ब्याजदरमा सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गरिरहेको दावी गरेको छ । एबिबिएस, सी–आस्बालगायत सुविधाहरू निःशुल्क उपलब्ध गराउँदै आएको बैंकले आइपिएस, इसिसी, मोबाइल बैंकिङ, मर्चेन्ट पेमेन्ट फ्यासिलिटी (क्युआर कोड) लगायत सम्पूर्ण सघन बैंकिङ सेवा–सुविधा प्रदान गर्दै आएको बताएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रधान कार्यालय रहेको बैंकले बनेपामा कर्पोरेट कार्यालय सञ्चालन गरिरहेको छ । बैंकले २३ शाखा कार्यालय तथा २ बैंकिङ एकाइ गरी २५ स्थानबाट वित्तीय सेवा दिँदै आएको छ । मेलम्ची, खाडीचौर, दोलालघाट, मुडे, भकुन्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिंगटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ, विकासचोक, लाहुरेचोक, चनौली, नारायणगढ, हेटौँडा र ठोकर्पामा बैंकका शाखा कार्यालयहरू सञ्चालनमा छन् भने सुकेटे र सिलढुंगामा सीमित बैंकिङ एकाइ कार्यालयमार्फत सेवाप्रवाह भइरहेको बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.