Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

रोल्पाका दुई स्थानमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा

0 446

०३ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पामा दुईवटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले रोल्पाका घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यससँगै मुलुककै ठूलो वाणिज्य बैंक ग्लोबलको शाखारहित बैंकिङ सेवा संख्या २ सय ५५ पुगेको छ ।

देशका विकट क्षेत्रमा समेत बैंकिङ सेवा विस्तार गर्ने क्रममा बैंकले सुनिलस्मृति गाउँपालिका–१, घोडागाँउ र सोही गाउँपालिकाको वडा नम्बर ८, अरेस बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । घोडागाउँका लागि मधु के.सी. र अरेस बजारका लागि दीपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका ग्रामीण क्षेत्रका स्थानीयले बैंकका स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् ।

Subscribe to our newsletter
  • शाखारहित बैंकिङअन्तर्गत ग्राहकले निक्षेप खाता खोल्ने,
  • तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने,
  • आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,
  • कर्जाको ब्याज भुक्तानी गर्ने,
  • डिस होम,
  • सिडिएमए, यु
  • टिएल,
  • एनटिसीलगायतको महसुल भुक्तानी गर्ने,
  • मोबाइल रिचार्ज गर्ने जस्ता सुविधा लिन सक्ने बैंकले जानकारी,

स्थानीयवासीको मुख्य आयस्रोत कृषि, रेमिट्यान्स तथा पर्यटन रहेको जनाउँदै बैंकले उनीहरूको बैंकिङ सेवा उपभोग गर्न टाढा पुग्नुपर्ने बाध्यता हटाउन शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ । ग्लोबल आइएमई बैंकले देशका सबै क्षेत्रमा तथा देशबाहिर पनि बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले सेवाविस्तार गरिरहेको छ । देशका ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंका शाखा सञ्चालनमा छन् ।

बैंकले देशभर कुल २ सय ७० शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । त्यसैगरी, २ सय ४२ वटा एटिएम, २ सय ५५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी कुल ८ सयभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिइरहेको बैंकले जनाएको छ । हाल बैंकको ग्राहक संख्या २२ लाखभन्दा बढी रहेको बैंकको तथ्यांक छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.