Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सर्वदलीय बैठकमा सहमति र सहकार्यका साथ अघि बढ्न नेताहरुलाई राष्ट्रपतिको आग्रह

0 485

०३ चैत्र, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । शितलनिवासमा आयोजित उक्त सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले दलहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र एमाले नेता सुवास नेम्वाङ सहभागी थिए ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी र महामन्त्री डा. शशांक कोइाराला सहभागी थिए । उता, नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ र नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ थिए ।

Subscribe to our newsletter

जसपा नेपालबाट अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव, र नेता राजेन्द्र महतो सहभागी थिए । त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाबाट प्रेम सुवाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभगाी थिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.