Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि

0 755

०३ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले मंगलबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। 

पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। 

यस्तै हवाई इन्धन (आन्तरिक) को मूल्य पनि वृद्धि गरिएको छ। प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरी हवाइ इन्धन (आन्तरिक) को मूल्य अब ७४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।  ग्यासको मूल्य भने यथावत् राखिएको निमगले जानकारी दिएको छ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.