Advertisement

सकियाे सर्वदलीय बैठक, के भयाे निर्णय ?

0 503

Advertisement

०३ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा मंगलबार सर्वदलीय बैठक बसेको हाे । राजनीतिक निकासबारे दलसँग परामर्श गर्न सर्वदलीय बैठक बोलाइए पनि दलहरूबीच कुनै समझदारी भने बन्‍न सकेन।

शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत विभिन्‍न दलका नेताहरू सहभागी थिए। निम्ता गरिएको भए पनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई भने सहभागी भएनन् । सहितका संसदमा रहेका दलका प्रमुख नेताहरू सहभागी थिए।

सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले वर्तमान राजनीतिक परिस्थितिले आफूलाई चिन्तित बनाएको बताउँदै दलहरुलाई मिलेर निकास खोज्‍न आग्रह गरेकी छन् । प्रधानमन्‍त्री केपी ओलीले घुमाउरो रुपमा फेरि विघटन जानुपर्ने संकेत गर्दै ताजा जनादेश नै उत्तम निकास हुने तर्क राखेका थिए। सहभागी एक नेताका अनुसार प्रधानमन्‍त्रीले आफूलाई घेराबन्दी गरेर फेरि काम गर्न नदिए फेरि आफू विघटनमा जाने चेतावनी दिएपछि दल आक्रोशित भएका थिए।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका अन्य दलका नेताहरूले संसद विघटन गर्ने कदमलाई सर्वोच्च न्यायलयले खारेज गर्दै पुनर्स्थापना गरिसकेको अवस्थामा संसदभित्रैबाट समाधान खोज्‍नुपर्ने धारणा राखेका थिए। दलीय झगडाको झोंकमा हठात् संसद विघटन गर्ने प्रधानमन्‍त्रीको गलत कदम सच्चाएको भए आज यो अवस्था आउने थिएन भन्दै विपक्षी नेताहरूले आक्रोश व्यक्त गरेका थिए।

गत पुस ५ गते प्रधानमन्‍त्री ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापना गरेको थियो। सर्वोच्च अदालतको आदेशअनुसार फागुन २३ गते संसदको बैठक बसे पनि अहिलेसम्म कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। पहिलो बैठक बहिष्कार, घेराउ र अवरोधसँगै टुंगियो भने त्यसपछिका दुईवटा बैठक शोकप्रस्ताव पारित गरेर स्थगित भएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.